गायिका सुनिता दुलालको तीज गीत ‘चुरा, टिका, लाली’

जनसम्मत
श्रावण २४, २०७६, शुक्रबार

पोखरा । गायिका सुनिता दुलालले यस वर्षको तीजमा ‘चुरा, टिका, लाली’ तीज गीत लिएर आएकी छन् ।

गायिका सुनिता दुलालले आफ्नो नयाँ तीज गीत ‘चुरा, टिका, लाली’ को म्युजिक भिडियो सहित सार्वजनिक गरेकी छन् । आफ्नै नामको यु्ट्युब च्यानलमार्फत सुनिताले उक्त गीतलाई हालैमात्र सार्वजनिक गरेकी हुन् । गीतमा सुनिता आफैले स्वर भरेकी छन् ।

डा. कृष्णहरि बरालले शब्द रचना गरेको गीतमा महेश खड्काले संगीत भरेका छन् । श्यामश्वेत रसाइलीले गीतमा एरेञ्ज गरेका छन् । शिव बि.क.ले निर्देशन गरेको म्युजिक भिडियोको छायांकन अर्जुन तिवारीले गरेका हुन् । गीतमा सुनिता आफैले फिचरिङ गरेकी छन् ।

तस्वीर : सुनिता दुलालको फेसबुकबाट