तीजको गीत ‘आमाले पकाएको दर राम्रो’ सार्वजनिक

जनसम्मत
श्रावण २४, २०७६, शुक्रबार

पोखरा । गायिका कोपिला गौतमले यस पालिको तीजमा नयाँ गीत ‘आमाले पकाएको दर राम्रो’ लिएर आएकी छन् ।

कोपिलाको यस गीतको म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको हो । नयाँ शैलीमा प्रस्तुत भएको म्याुजिक भिडियो सहितको उक्त गीतलाई स्वयं कोपिला गौतमले गाएकी हुन् ।

 

‘आमाले पकाएको दर राम्रो, आफैंले रोजेको वर राम्रो’ बोलको गीतमा गोविन्दमधुर आचार्यले संगीत भरेका छन् ।

संगीत संयोजन पनि उनै गोविन्द मधुरको रहेको छ । लोकराज अधिकारीले गीतको मौलिक शब्द रचना गरेका हुन् ।

यस गीतको म्यूजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेकी छन् । गीतको फिचरिङमा कोपिला गौतम आफै पनि देखिएकी छन् । चाहना रानामगरको गीतमा मुख्य अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायांकन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।