दीपा तामाङको ‘म त छम्म छम्म गर्दै नाच्ने’

जनसम्मत
श्रावण २७, २०७६, सोमबार

एजेन्सी । चर्चित गायिका दीपा तामाङको स्वर र अमाशी राईको शब्द संगीत रहेको गीत ‘म त छम्म छम्म गर्दै नाच्ने’ को अफिसियल म्युजिक भिडियो रिलिज गरिएको छ ।

अगस्त २ तारिखमा अमेरिकाबाट सार्वजनिक गरिएको भिडियोको निर्देशक नरमान राईले गरेका हुन् ।

‘म त छम्म छम्म गर्दै नाच्ने’मा उदय राज पौडेलको म्युजिक एरेञ्ज रहेको छ । म्युजिक भिडियोमा रेनुका चामलिंगको अभिनय रहेको छ । इण्ट्रोड्रक्सिन मोडेलमा कुमारी राईलाई हेर्न सकिन्छ । भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज क्रु र आरबीएनके डान्स स्टुडियोले सयुंक्त रुपमा निर्माण गरेको भिडियोलाई राज राईले निर्माण गरेका हुन् ।