चलचित्र ‘म’ बन्दै

भदौ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन्

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

पोखरा । चलचित्र ‘म’ बन्ने घोषणा गरिएको छ ।

राजधानीमा एक कार्यक्रमबीच चलचित्र ‘म’ को औपचारिक निर्माण घोषणा गरिएको हो । कान्तिपुर फिल्म एकेडेमीको प्रस्तुतिमा ‘म’को निर्माण हुने भएको हो । यस चलचित्रमा परिच्छेद सेनको निर्देशन रहनेछ । भदौ पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका हुन् ।

चलचित्रमा सरिता लामिछाने, अनिल कँडेल, विजय लामा, सन्जोग रसाइली, रेवती क्षेत्री, कुसुम गुरुङ, रेविका गुरुङको मुख्य भूमिका रहनेछ । चलचित्रमा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको सहायक भूमिका रहनेछ ।

बाल कलाकारको भूमिकामा उनव श्रेष्ठ र सम्पन्न ढकालले अभिनय गर्दैछन् । यस चलचित्रका निर्देशकदेखि सबै कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमै अध्यन गरेका हुन् । विद्यार्थीेहरुसँगै मिलेर चलचित्र बनाउन लागेको हो ।

कान्तिपुर फिल्म एकेडेमीले निकै लामो समयदेखि चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउँदै आएको छ । चलचित्रले समाज भित्रकै कथालाई समेट्ने निर्देशक परिच्छेद सेनले बताएका छन् । चलचित्रको मुख्य सहायक निर्देशकमा आकाश उखेडा छन् । चलचित्रको एउटा मात्र गीत रहनेछ । चलचित्रमा तेञ्जिन पाल्देनको छायांकन रहनेछ । जेतेन लेप्चाले गीत तयार पारेका हुन् ।