तीजको गीत ‘तिरैमा’

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

पोखरा । यस वर्षको तीजमा गायक श्रीधर अधिकारी र गायकिा मञ्जुज्योती पाण्डे (गौडेल) ले गाएको तीज गीत ‘तिरैमा’ सार्वजनिक भएको छ ।

तीज गीतको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक भएको हो । गायक श्रीधरले गीतको शब्द रचना गरेका हुन् । श्रीधर अधिकारीले नै गीतको लय मिलाएका हुन् । गीतमा मोडल मेनुका पौडेलले फिचरिङ गरेकी छन् । मेनुकालाई फिचरिङमा रामजी खाँणले साथ दिएका छन् ।
कृष्ण भाञ्जाले गीतमा संगीत संयोजन गरेका छन् । मौसम हिमाललीले म्युजिक भिडियोको निर्देशन गरेका हुन् ।

मनोज कार्कीले म्युजिक भिडियोको रंग सम्पादन गरेका हुन् । करन चैसिरले म्युजिक भिडियोको छायांकन गरेका हुन् । लक्ष्मण अधिकारीले गीतमा थेगो मिलाएका छन् । एकता फिल्मस्ले म्युजिक भिडियोको दृश्य निर्माण गरेको हो ।