पशुपतिको तीज गीत ‘अष्ट्रेलिया काण्ड’

जनसम्मत
श्रावण २८, २०७६, मंगलवार

पोखरा । गायक पशुपति शर्माको तीज गीत ‘अष्ट्रेलिया काण्ड’को म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

म्युजिक भिडियोमा मोडल दिपासा बिसीले फिचरिङ गरेकी छन् । दिपासालाई स्वयं पशुपति शर्मा, गायिका सम्झना भण्डारी र बबिन ठकुरीले साथ दिएका छन् । नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसँगै पशुपति शर्माले आफ्नो तीजका गीतहरुलाई युट््युबमा सार्वजनिक गर्दै आएका छन् । शर्माले हालै ‘अष्ट्रेलिया काण्ड’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

गीतमा गायक पशुपति शर्माकै शब्द र संगीत रहेको छ । गायनतर्फ शर्मालाई गायिका सम्झना भण्डारीले साथ दिएकी छन् । दुर्गा पौडेलले निर्देशन गरेको भिडियोलाई पौडेलले नै छायांकन गरेका हुन् । दिपक विष्टले म्युजिक भिडियोको सम्पादन गरेका हुन् ।