पोखरामा शुक्रबारबाट ‘उ मरेकी छैन’ नाटकको मञ्चन 

नाटक सम्राट बालकृष्ण समले लेखेका हुन्, नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दैछन्

जनसम्मत
पौष ३, २०७६, बिहीवार

पोखरा । पोखरामा न्यारेटरको पहिलो प्रस्तुती ‘उ मरेकी छैन’ नाटक मञ्चन गर्दैछ ।

यो नाटक मञ्चनको संपूर्ण तयारी पूरा भएको न्यारेटर समुहका रेवन राईले जानकारी दिएकाम छन् ।

पुसको ४ गते शुक्रबार दिउँसो साढे ४ बजेबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुने यस नाटक नाट्य सम्राट बालकृष्ण समले लेखेका हुन् ।

नाटकको परिकल्पना र निर्देशन चे शंकरले गर्दैछन् । नाटकमा लोपोन्मुख मारुनी नृत्य, लोक शैलीको भजन तथा लोक गीत समावेश गरिएको छ । १ घण्टा १० मिनेट अवधिको यस नाटकले दर्शकको माया पाउनेमा निर्देशक तथा परिकल्पनाकार चे शंकर विश्वस्त छन् । यो धार्मिक नाटक हो ।

पहिलोपटक सन् २०१२ बाट’ नाटक लेखन तथा निर्देशनमा सक्रिय बनेका चे शंकरले हालसम्म एक दर्जन बढि नाटक दिर्नेशन गरिसकेका छन् । चे शंकर नाटक लेखन, निर्देशन तथा प्रशिक्षणमा क्रियाशील छन् । यसअघि, चे शंकरको निर्देशनमा पोखरामा ‘तिर्खा’ नाटक मञ्चन भएको थियो ।

नाटकमा रोशन ज्ञवाली, सन्दीप पाण्डे, ज्योति हमाल, विष्णुराज तिमिल्सिना, टिकाराम पौडेल, अनुप अधिकारी, श्रृष्टि केसी, सविता सापकोटा, उज्वलराज ढकाल, विनोद रसाइली, गौरव पौडेल, दिलकुमारी, लक्ष्मी हमालले अभिनय गर्दैछन् । नाटकमा सह–निर्देशनको जिम्मा रेवन राईले निभाएका छन् ।

नाटक हरेक दिन दिउँसो सवा ४ बजे तथा शनिबार अतिरिक्त सो दिउँसो १ बजे समेत मञ्चन गरिने सह–निर्देशक रेवन राईले जनाए । आफूहरुको पहिलो प्रयासमा नाटक मञ्चन गर्न लागेकोले नाटक हेरेर प्रतिक्रिया दिनको लागि उनले सबैमा आग्रह समेत गरेका छन् ।