लोकगीत ‘बुकी’ को म्युजिक भिडियो सार्वजनिक (समाचार सहित हेर्नुहोस म्युजिक भिडियो)

गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन शंकर र अञ्जलीको फिचर्डमा बालकलाकार खुशी कट्टेलको जीवन्त भूमिका छ

जनसम्मत
पौष १०, २०७६, बिहीवार

पोखरा । नेपाली नयाँ लोकगीत ‘बुकी’ को म्युजिक भिडियो हालैमात्र सार्वजनिक भएको छ ।

राजु परियार र निरा छन्त्यालले गाएको उत्कृष्ट लोकगीतको शब्द रचना बिजय चन्द ‘दर्पण’ ले गरेका हुन् । राजेश खड्का ‘सानु’ले गीतमा संगीत भरेका छन् । गीतमा शंकर बि.सी. र अञ्जली अधिकारीको राम्रो फिचर्ड छ । गीतको म्युजिक भिडियोलाई थप उत्कृष्ट बनाउन शंकर र अञ्जलीको फिचर्डमा बालकलाकार खुशी कट्टेलको जीवन्त भूमिका छ ।

गामबेशी डिजिटल स्टुडियोमा गीत तथा म्युजिक भिडियो तयार भएको हो । शंकर बि.सी.ले म्युजिक भिडियोको निर्देशन गरेका हुन् । दुर्गा पौडेलले म्युजिक भिडियोको छायांकन गरेका हुन् । नविन घर्तिमगरले सम्पादन गरेको म्युजिक भिडियोमा कृष्ण फिल्मस् एण्ड एड्भरटाइजिङले दृश्य निर्माण गरेको हो । सार्वजनिक भएको पाँचै दिनमा १ लाख ३२ हजारले ‘बुकी’ को म्युजिक भिडियो हेरिसकेको छ ।