शशिकलाले पहिरिन् मिस तामाङ पोखराको ताज

पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन्

जनसम्मत
माघ ५, २०७६, आइतबार

पोखरा । लेकसाइडकी शशिकला तामाङले पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधि जितेकी छिन् ।

पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् ।

शशिकलाले मिस ट्यालेण्टको टाइटल समेत जितेकी छन् । जितसँगै उनले १ लाख, ताज, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु हात पारिन ।

प्रमुख निर्णायक नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामाले तामाङ समुदायको विकासका लागि के योगदान दिनुहुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिदै शशिकलाले मिस तामाङको उपाधि हात पारेकी थिइन् ।

सलिना तामाङले फस्र्ट रनर–अपसँगै बेस्ट वाकको टाइटल जितिन् । सलिनाले ५० हजार रुपैयाँ, ताज, ट्रफी, प्रमाणपत्र प्राप्त गरिन् । रेणु तामाङ सकेण्ड रनर–अप बनिन् । रेणुले बेस्ट पर्फमरको टाइटल समेत जितिन् । उनले ३० हजार रुपैयाँ ताज, ट्रफी, प्रमाणपत्र सहित हात पारिन् । प्रिति वाइवा तामाङले ब्युटी विथ प्रपोज र भ्यूअर्स च्वाइसको अवार्ड जितिन् । प्रितिले २० हजार पुरस्कार पाइन् ।

प्रतियोगितामा बेस्ट हेयर अनिशा तामाङ, बेस्ट स्माइल विन्दु तामाङ, मिस फोटोजेनिक किस्मत तामाङ, बेस्ट स्किन सरस्वती तामाङ, मिस कल्चर कोमल तामाङ, मिस डिसिप्लिन सृजना ब्लोन तामाङ, मिस ग्रेसफुल सुजाता तामाङ, बेस्ट पर्सनालिटी सृजना घिर्सिङ तामाङ, मिस कन्फिडेण्ट आकृति तामाङ, मिस पङ्चुअल भुमिका तामाङ, मिस पपुलर मनिषा तामाङ, मिस अर्गनाइजर च्वाइस सुमिक्षा तामाङ र मिस फ्रेण्डली स्वस्तिका तामाङ बनिन् ।

सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन र चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङले ताज पहिरिन सफल भएकी थिइन् ।