फागुनको ११ देखि पोखरामा क्यान इन्फोटेक, तयारी तिब्र

आइसीटी सेमिनार, जिल्ला तथा प्रदेशस्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसीटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुनेछन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोवर्ट प्रतियोगिता, आइसीटी म्यूजियम प्रदर्शनी, आइसीटी बिजनेस टक समेत इन्फोटेकको आकर्षण बन्नेछ

जनसम्मत
माघ १४, २०७६, मंगलवार

पोखरा । आगामी फागुनको ११ देखि १५ गतेसम्म पोखरामा ‘प्रभु पे क्यान इन्फोटेक–२०२० इन एशोसिएसन विथ वल्र्डलिंक’ हुने भएको छ ।

क्यान कास्कीले आयोजन ागर्ने ११ औं संस्करणको क्यान इन्फोटेकको तयारीलाई तिब्र बनाइएको पत्रकार सम्मेलनमा बताइएको छ । यस पटक क्यान कास्कीले प्रदेशस्तरको सूचना प्रविधि मेला आयोजना गरेको हो ।

पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने इन्फोटेकले सूचना तथा प्रविधिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास रहेको अध्यक्ष रुक्मांगत भण्डारी ‘विश्वास’ले बताए । ‘कम्प्यूटर तथा सूचना प्रविधि सम्बन्धी भएका अत्याधुनिक एवं नविनतम प्रविधिको जानकारी दिँंदै ग्रामीण क्षेत्रसम्म यसको पहुँच पु¥याउने लक्ष्यका साथ इन्फोटेक आयोजना गरिएको हो,’ उनले भने ।

इन्फोटेकमा आइसीटी प्रोडक्टहरुको प्रदशर्नी एवं बिक्री वितरण गरिने अध्यक्ष भण्डारीले जानकारी दिए । उनले भने, ‘आइसीटी रोजगारी फर्म वितरण र तालिम संचालन कार्यक्रम हुनेछ ।’

आइसीटी सेमिनार, जिल्ला तथा प्रदेशस्तरीय रनिङ शिल्ड आइटी क्विज, टाइपिङ, आइसीटी स्पिच प्रतियोगिता इन्फोटेकमा आयोजना हुनेछन् । ल्यापटप तथा कम्प्युटर निःशुल्क मर्मत क्याम्प, रोवर्ट प्रतियोगिता, आइसीटी म्यूजियम प्रदर्शनी, आइसीटी बिजनेस टक समेत इन्फोटेकको आकर्षण बन्ने भण्डारीले बताए ।

‘प्रतियोगिताहरुमा विजयी प्रथम, द्वितीय र तृतीय हुनेहरुका लागि प्रमाणपत्र, ट्रफी तथा आकर्षक पुरस्कारको व्यावस्था गरिएको छ,’ उनले भने ।

पत्रकार सम्मेलनमा बौल्दै क्यान गण्डकीका अध्यक्ष तुलसीराम पाण्डेले क्यान कास्कीको आयोजनामा हुने प्रदेशस्तरीय इन्फोटेक सफल पार्न प्रदेशका संपूर्ण जिल्लाबाट साथ मिल्ने बताए ।

पाण्डेले भने, ‘सूचना तथा प्रविधिका क्षेत्रमा भएका नविनतम प्रविधिलाई इन्फोटेकमा भित्राउन सक्नुपर्छ ।’

मेलामा आइसीटीसंग सम्बन्धित करिव १ सय वटा स्टल रहने स्टल व्यवस्थापन उपसमिति संयोजक युवराज पौडेलले जानकारी दिए । करिव ५० हजार दर्शकले मेला अवलोकन गर्ने लक्ष्य राखिएको सह–सचिव महेन्द्र भुर्तेलले बताए । मेलाबाट करिब ३५ लाख आम्दानी गरी ३० लाख रुपैयाँ खर्च कटाई ५ लाख रुपैयाँ बचत गर्ने अपेक्षा राखिएको कोषाध्यक्ष विश्व प्रधानले बताए ।

‘इन्फोटेकबाट बचत रकमलाई बिगतका वर्षहरुमा जस्तै सूचना तथा प्रविधिको विकासका क्षेत्रमा खर्च गरिनेछ,’ प्रधानले भने ।

इन्फोटेकको तयारीका क्रममा क्यान कास्कीका अध्यक्ष रुक्मागत भण्डारी ‘विश्वास’ को संयोजकत्वमा ३५ वटा विभिन्न उपसमिति गठन गरिएको छ । सम्पूर्ण उपसमितिले आ–आफ्नो जिम्मेवारी अनुसार इन्फोटेकको तयारी गरिरहेको द्वितीय उपाध्यक्ष विकास भुर्तेलले जानकारी दिए ।

इन्फोटेकलाई प्रभु पेले मुख्य प्रायोजन गरेको प्रथम उपाध्यक्ष आशिष गुरुङले जानकारी दिए । ईन एशोसिएसन विथमा वल्र्डलिंक, गोल्ड स्पोन्सरमा ब्रदर्श विंथ कास्र्पस्काई र स्मार्ट, सिल्भर स्पोन्सरमा भायानेट, लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र एस–पावर, नलेज पार्टनरमा निम एकेडेमी, अफिसियल इन्स्योरेन्स पार्टनरमा प्रभू इन्स्योरेन्स, सेक्युरिटी पार्टनरमा एमबी टे«डर्स, फ्री मेन्टिनेन्स क्याम्पमा इन्टेल ल्यापटप हाउसले साथ दिएका छन् ।