यु–१६, क्रिकेट लिगमा नवलपुरको बिजयी शुरुवात

नवलपुरको टोलीले बाग्लुङमाथि ५ विकेटको जित निकालेको हो, पहिला ब्याटिङ गरेको बाग्लुङले २४ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो

जनसम्मत
फागुन ४, २०७६, आइतबार

पोखरा । नवलपुर क्रिकेट टिमले पोखरामा जारी गण्डकी प्रदेशस्तरीय अन्तर जिल्ला यु–१६ एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

पोखरा क्रिकेट एकेडेमीको आयोजनामा तथा पोखरा पल्टनको मुख्य प्रायोजनमा आइतबार पोखरा रंगशालामा भएको प्रतियोगिताको नवलपुरको टोलीले बाग्लुङमाथि ५ विकेटको जित निकालेको हो ।

टस हारेपछि पहिला ब्याटिङ गरेको बाग्लुङले २४ ओभरमा सबै विकेट गुमाउँदै ८४ रन बनाएको थियो । बाग्लुङको लागि अनिल आचार्यले सर्वाधिकि २५ रनको योगदान गरे । सचिनराज अधिकारिले २२ रन बाहेक अन्य कुनैपनि ब्याट्म्यानले दोहोरो अंकको योगफल बनाउन सकेनन् ।

नवलपुरको बलिङ तर्फबाट स्वीकार श्रेष्ठले ७ ओभरमा २ मेडेन राख्दै १६ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए । यस्तै, अविशान्त नेउरेले ३ तथा सहिल ढकाल र सरद तिवारीले समान १÷१ विकेट लिए ।

८५ रनको बिजय लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नवलपुरले १९.५ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नवलपुरको ब्याटिङतर्फ गौरव बि.क.ले १९, सुशिल क्षत्रीले १८ तथा प्रबिन भुजेलले १० रनको योगदान दिए ।

बाग्लुङको लागि सिमोन पौडेलले ३ तथा सुबास भण्डारीले २ विकेट लिए । खेलमा नवलपुरका स्वीकार श्रेष्ठ फरेन्सिक लिङ्क कन्सल्टेन्सी ‘म्यान अफ दी म्याच’ घोषित भए । प्रतियोगिता अन्तर्गत सोमबार नवलपुर र स्याङ््जाबीच प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक चन्द्र गुरुङ ‘जिम्मी’ ले जानकारी दिए ।