विश्वभर ७२ लाख ७३ हजार नाघे संक्रमित, ४ लाख ११ हजार ७ सय १७ को मृत्यु

अमेरिकामा १ लाख १३ हजार ८ सय ३५ जनाको ज्यान गयो, भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १३१ पुग्यो

जनसम्मत
जेठ २८, २०७७, बुधबार

पोखरा । कोरोना भाइरस (कोभिड–१९) को कारण अनुसार ७२ लाख ७३ हजारमा कोरोना संक्रमण फैलिएको छ ।

वल्डोमिटरको रिपोर्ट अनुसार ३५ लाख ८१ हजार ८६ जनाले कोरोना संक्रमण जितेका छन् । साथै ४ लाख ११ हजार ७ सय १७ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यसैगरी बितेको २४ घण्टामा मात्रै ३ हजार ९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ । यसैगरी, ५३ हजार ९ सय ११ जनाको अवस्था गंभीर रहेको छ ।

अमेरिकामा १ लाख १३ हजार ८ सय ३५ जनाको ज्यान गयो 

त्यसैगरी, संयुक्त राज्य अमेरिकामा कोरोनाको कारण हालसम्म २० लाख ३८ हजार ३ सय ३ बढी मानिसमा संक्रमण देखिएको छ । बितेको २४ घण्टामा ११ हजार ५ सय ४० जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये ७ सय ८० जनाको ज्यान गएको छ ।

त्यसैगरी, कोरोनाको कारण अमेरिकामा हालसम्म १ लाख १३ हजार ८ सय ३५ जनाको मृत्यु भएको छ । हालसम्म अमेरिकामा ७ लाख ७६ हजार ८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यहाँ संक्रमितमध्ये ११ लाख ४८ हजार १ सय ९० जना उपचाररत् रहेका छन् । १६ हजार ८ सय ९२ जनाको अवस्था गंभीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

बितेको २४ घण्टामा विश्वभर ७३ हजार बढी कोरोनाभाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार १३१ पुग्यो

भारतमा मंगलबार कोरोना भाइरसबाट २२७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, मंगलबार भारतमा ८ हजार २०३ जना नयाँ संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ७४ हजार १३१ पुगेको छ । त्यहाँ निको हुनेको संख्या १ लाख ३३ हजार ९५० रहेको छ । भारत कोरोना संक्रमित संख्याको आधारमा विश्वको छैटौ स्थानमा रहेको छ ।