फिफा वरीयतामा नेपाल १७० औं स्थानमै यथावत

जनसम्मत
जेठ ३०, २०७७, शुक्रबार

पोखरा । फिफाको नयाँ वरीयतामा नेपाल यथावत १७० औं स्थानमै रहेको छ ।

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १७० औँ स्थानमा यथावत रहेको हो ।

गत महिनाको फिफ वरीयतामा पनि नेपाल १७० औँ स्थानमै थियो । नेपाल दक्षिण एशियाली राष्ट्रमा भने तेस्रो स्थानमा रहेको छ । नेपालभन्दा अगाडि भारत र माल्दिभ्स छन् । भारत १०८ औँ स्थानमा रहेको छ । त्यस्तै, माल्दिभ्स १५५ औँ स्थानमा छ ।

त्यसैगरी, नेपालभन्दा तल भूटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन् । भूटान १८९ औँ स्थानमा रहेको छ । बंगलादेश १८७ औँ स्थानमा छ । श्रीलंका २०६ औँ स्थानमा छ । पाकिस्तान २१० औँ स्थानमा रहेको छ ।

नयाँ वरीयताको शीर्ष स्थानमा भने बेल्जियम रहेको छ । त्यसैगरी फ्रान्स दोस्रो, ब्राजिल तेस्रो, इंग्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छ ।

त्यस्तै क्रोएसिया छैटौँ, पोर्चुगल सातौँ, स्पेन आठौँ, अर्जेन्टिना नवौं र कोलम्बिया दशौँ स्थानमा रहेका छन् । पछिल्लो समय महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर फुटबलका गतिविधि ठप्प भएको कारण वरीयतामा खासै परिवर्तन भएको छैन ।