विश्वमै पछिल्लो २४ घन्टामा १ लाख ३६ हजार नयाँ कोरोना संक्रमित, नेपालमा ४ हजार ६१६ जना संक्रमित, गण्डकी प्रदेशमा समेत थपिए एकै दिन ३७ जना नयाँ संक्रमित

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १६ हजार ३४ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २० लाख ८९ हजार ७०९ पुगेको छ । भारतमा २ लाख ९८ हजार २८३ संक्रमित हुँदा ८ हजार ५०१ जनाको मृत्यु भएको छ

जनसम्मत
जेठ ३०, २०७७, शुक्रबार

पोखरा । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७५ लाख ९७ हजार ३४१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा विश्वमै १ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । जसमा ब्राजिल, अमेरिका र भारतका नागरिक सबैभन्दा धेरै छन् । यस्तै, मृत्यु हुनेको संख्या पनि ४ लाख २३ हजार ८४४ पुगेको छ । हालसम्म ३८ लाख ४१ हजार भन्दा धेरै उपचारपछि निको भएर घर फर्किएका छन् ।

अमेरिकामा कोरोना भाइरसबाट हालसम्म १ लाख १६ हजार ३४ जनाको मृत्यु भएको छ । त्यहाँ संक्रमितको संख्या २० लाख ८९ हजार ७०९ पुगेको छ । अमेरिकामा ८ लाख १६ हजार ८६ जना उपचार गरेर घर फर्किएका छन् ।

ब्राजिलमा हालसम्म ८ लाख ५ हजार ६४९ जना संक्रमित हुँदा ४१ हजार ५८ जनाको मृत्यु भएको छ । रुसमा ५ लाख २ हजार ४३६ संक्रमित हुँदा ६ हजार ५३२ जनाको मृत्यु भएको छ ।

यता, भारतमा पनि कोरोना संक्रमण उच्च दरमा बढ्ने क्रम जारी छ । यहाँ पछिल्लो २४ घण्टामा १२ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा हालसम्म २ लाख ९८ हजार २८३ संक्रमित हुँदा ८ हजार ५०१ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या २ लाख ८९ हजार ७८७ पुगेको छ भने २७ हजार १३६ जनाको मृत्यु भएको छ । स्पेनमा पछिल्लो केही दिनयता कसैको पनि मृत्यु भएको छैन ।

बेलायतमा हालसम्म ४१ हजार २७९ जनाको मृत्यु भएको छ भने २ लाख ९१ हजार ४०९ जना संक्रमित रहेका छन् ।

इटालीमा संक्रमितको संख्या २ लाख ३६ हजार १४२ पुग्दा ३४ हजार १६७ जनाको मृत्यु भएको छ ।

पेरुमा २ लाख १४ हजार ७८८ जना संक्रमित हुँदा ६ हजार १०९ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख ८६ हजार ७९५ जना संक्रमित हुँदा ८ हजार ८५१ जनाको मृत्यु भएको छ ।

इरानमा १ लाख ८० हजार १५६ जना संक्रमित हुँदा ८ हजार ५८४ जनाको मृत्यु भएको छ ।

टर्कीमा १ लाख ७४ हजार २३ संक्रमित हुँदा ४ हजार ७६३ को ज्यान गएको छ ।

फ्रान्समा संक्रमित १ लाख ५५ हजार ५६१ हुँदा २९ हजार ३४६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानमा १ लाख २५ हजार ९३३ संक्रमित हुँदा २ हजार ४६३ जनाको ज्यान गएको छ ।

चीनमा पछिल्लो २४ घण्टामा ७ जना नयाँ संक्रमित थपिएका छन् । त्यहाँ हालसम्म ८३ हजार ६४ जना संक्रमित हुँदा मृतकको संख्या ४ हजार ६३४ छ ।

बंगलादेशमा ७८ हजार ५२ संक्रमित हुँदा १ हजार ४९ को मृत्यु भएको छ ।

जापानमा १७ हजार २९२ जना संक्रमित हुँदा ९२० जनाको ज्यान गएको छ ।

नेपालमा भने अहिलेसम्म ४ हजार ६१४ जना संक्रमति फेला पर्दा ८६१ जना उपचारपछि निको भएर घर फर्किएका छन् । १५ जनाको भने मृत्यु भएको छ ।

त्यस्तै, शुक्रबार बिहान गण्डकी प्रदेशमा थप ३७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । थपिनेमा स्याङ्जाका २२, पर्वतमा १३ तथा तनहुँ र नवलपुरमा १/१ रहेको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । थपिएका तीन वर्षदेखि ६६ वर्षसम्मका पुरुषहरु छन् ।