बायर्नले उचाल्यो जर्मन बुन्डेसलिगाको २९ औं उपाधि

यो सँगै बायर्नले बुन्डेसलिगाको लगातार ८ उपाधि उचाल्न सफल भएको छ

जनसम्मत
असार ४, २०७७, बिहीवार

पोखरा । जर्मन क्लब बायर्न म्युनिखले बुन्डेसलिगा उपाधि हात पारेको छ ।

यो सँगै बायर्नले बुन्डेसलिगाको लगातार ८ उपाधि उचाल्न सफल भएको छ । समग्रमा बायर्नले २९ औं उपाधि उचाल्दै बुन्डेसलिगाको उत्सव मनाएको छ ।

यस सिजनको मंगलबार राति भएको आफ्नो अन्तिम खेलमा वेर्डर ब्रेमेनमाथि सान्दार जित निकाल्दै बायर्न म्युनिख लगातर आठौं पटक बुन्डेसलिगामा च्याम्पियन भएको हो । गए राति भएको उक्त खेलमा बायर्नले वेर्डरलाई १–० गोलले पराति गरेको हो ।

बायर्नलाई च्याम्पियन बनाउन रोबर्टो लेवन्डोस्कीले १ मात्र निर्णायक गोल गरे । उनले पहिलो हाफ सकिन २ मिनेट बाँकी रहदा गोल गरेका थिए । उक्त खेलको दोस्रो हाफमा बायर्न १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमुन्डलाई १० अंकले पछि पारेको छ । बायर्नले सन् २०१२ / ०१३ को सिजनदेखि लगातार उपाधि जित्दै आइरहेको छ ।