आइसीसीको महिला टी–२० वरीयतामा नेपाल यथावत स्थानमा

जनसम्मत
असाेज १७, २०७७, शनिबार

पोखरा । आइसीसीको महिला टी–ट्वान्टी वरीयतामा नेपाल यथावत स्थानमै रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल यथावत रहदै १४ औं स्थानमै रहेको हो ।

नयाँ वरीयतामा नेपालले ११ खेलमा १ सय ३२ रेटिङ अंक प्राप्त गरेको छ । नेपाल अघिल्लो वरीयतामा समेत १४ औं स्थानमै थियो ।

नेपाली महिला क्रिकेट टिमले घरेलु भूमिमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) पछि कुनै अन्तराष्ट्रिय प्रतियोगिता खेलेको छैन । जसको कारण नेपालको वरीयतामा घटबढ भएको छैन । नेपाल एकदिवसीय वरीयतामा भने अटाउन सकेको छैन ।

वरीयताको शीर्ष स्थानमा विश्वकप विजेता अष्ट्रेलिया रहेको छ । यस्तै इङ्ल्यान्ड दोस्रो, भारत तेस्रो, न्युजिल्यान्ड चौथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेको छ । पुरुषतर्फ नेपाल एकदिवसीयमा १६ औं र टी–ट्वान्टीमा १५ औं स्थानमा रहेको छ ।