गण्डकी प्रदेशमा थप ४ जनामा संक्रमण पुष्टि, यस प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार बढी

प्रदेशमा संक्रमितको संख्या ४ हजार १०३ पुगेको छ

जनसम्मत
असाेज १८, २०७७, आइतबार

पोखरा । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार १०३ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । उनका अनुसार तनहुँ, लमजुङ र कास्कीमा गरी थप ६ जनामा संक्रमण पुष्टि भएको हो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा तनहुँको ब्यास–१० का संक्रमितमध्ये एक जना ब्यास यातायातमा कार्यरत छन् ।

उनीसहित अन्य सबैजना संक्रमित व्यक्तिहरु प्रतिष्ठानको फिभर क्लिनिकमा कोरोना परिक्षणको लागि आाएका थिए । हाल सबैलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको शर्माले बताए ।