पुरानै कपडा लगाएर दसैं मनाउन स्वास्थ्य मन्त्रालयको सुझाव

सरकारले भिडभाडमा गएर दसैंका समाना किनमेल (सपिङ) नगर्न समेत आग्रह गरेको छ

जनसम्मत
असाेज २३, २०७७, शुक्रबार

पोखरा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सरकारले घरमा भएका पुरान लुगा लगाएर यसपालीको दसैं मनाउन आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणको जोखिम झनझन् बढ्दै गएकोले यसपालीको दसैं संयमित भई, भिडभाडमा सपिङ नगरी आफैसँग भएका पुराना लुगा लगाएर पूजाआजा गरी दसैं मनाउन सुझाव दिए ।

उनले भने, ‘घरमानै बनाएको खाना खाएर घरकै परिवारमा मात्र बसेर दसैं मनाऔं, आफ्नो परिवारलाई संक्रमित हनबाट बचाऔं ।’

सरकारले भिडभाडमा गएर दसैंका समाना किनमेल (सपिङ) नगर्न समेत आग्रह गरेको छ।

प्रबक्ता डा गौतमले दसैंमा भिडभाडमा गएर किनमेलका सामान नकिन्न समेत सुझाव दिए ।

सरकारले कोरोना महामारीका कारण यो दसैंमा जो जहाँ छ त्यहीँ बसेर मनाउन आग्रह गर्दै आएको छ । पछिल्लो समयको लकडाउन खुलेपछि घनाबस्ती भएका काठमाडौं लगायतका शहरहरुमा तीब्र रुपमा संक्रमित थपिएका छन् । हाल नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ।