६,०८५ जनामा कोरोना संक्रमण, ६८ जनाले ज्यान गुमाए

जनसम्मत
जेठ १८, २०७८, मंगलवार

नेपालमा गत २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १७ हजार १ सय ४७ पीसीआर परीक्षण गरिएकोमध्ये ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जनामा पोजिटिभ देखिएको हो।

यससँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ६६ हजार ५ सय ८७ पुगेको छ।

त्यस्तै, कोरोना संक्रमणका कारणले आज (मंगलबार) ६८ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आज (मंगलबार)को कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ७ हजार ४ सय ५४ जनाले ज्यान गुमाइसकेका छन्।

नेपालमा कूल कोरोना संक्रमितमध्ये १.३२ प्रतिशतले ज्यान गुमाएका छन्। केही दिनयता यो प्रतिशत बढ्दो क्रममा छ।