अफगानिस्तानको अर्को प्रान्तीय राजधानी ‘शबरगान’ पनि तालिबानको नियन्त्रणमा

जनसम्मत
श्रावण २४, २०७८, आइतबार

अफगानिस्तानको दोस्रो प्रान्तीय राजधानी शबरगान शहर पनि तालिबानले नियन्त्रणमा लिएको छ ।

शबरगान उत्तरी क्षेत्रको राज्य जोजनको राजधानी पनि हो । अफगानिस्तानको रक्षा मन्त्रालयका प्रवक्ताले भने सरकारी सुरक्षाकर्मी अहिले पनि शहरमा रहेको र चाँडै नै तालिबान लडाकुलाई हटाउने दाबी गरेका छन् ।

यसअघि तालिबानले गत शुक्रबार अर्को प्रान्तीय राजधानी ‘जाराञ्ज’ नियन्त्रणमा लिएको थियो । ​

तालिबान लडाकुले अफगानिस्तानका अन्य शहरी क्षेत्र पनि नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् ।

यसक्रममा अफगान सरकारी सुरक्षा फौज र तालिबानबीच एक सातादेखि भिडन्त जारी रहेको समाचारमा जनाइएको छ ।

बीबीसी