पत्रकारमाथि भएको हातापातको घटनाप्रति पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ।’

जनसम्मत
मंसिर १६, २०७८, बिहीवार

समाचार संकलनका क्रममा सोलुखुम्बुस्थित सोलु एफएमका समाचार सहायक एवं उज्यालो नेटवर्कका सुबास दर्नाल र रमन वनमाथि भएको हातपात र उनीहरूको संचारसामग्रीमा क्षति पु¥याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

पत्रकार महासंघ केन्द्रका महासचिव रोशन पुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारलाई कुण्ठित पार्ने यो घटनाको महासंघ कडा भत्र्सना गर्दछ।’

गत मंगलबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको निर्वाचनको क्रममा भएको मतदान र मतगणनाको समाचार संकलनका लागि पुगेका पत्रकारद्वय दर्नाल र वनमाथि विद्यार्थी नेताहरूले हातपात गरी संचार सामग्रीमा समेत क्षति पु¥याएको महासंघ सोलुखुम्बु शाखाले जनाएको छ।

‘नागरिकलाई सुसूचित गराउने दायित्व निर्वाहमा जुटेका पत्रकारमाथि भएको हातपात र संचार सामग्रीमा क्षति पु¥याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘घटनामा संलग्नलाई कानुनी दायरामा ल्याएर पत्रकारलाई सुरक्षित र निर्बाध रूपमा काम गर्ने वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ।’