बैदाम तामाङ समाजको अध्यक्षमा पुनः ज्याक तामाङ

जनसम्मत
पौष ५, २०७८, सोमबार

बैदाम तामाङ सेवा समाजको अध्यक्षमा पुनः ज्याक तामाङ निर्वाचित भएका छन्।

समाजको १० औं बार्षिक साधारण सभा तथा छैंठौं अधिबेशनले पुनः तामाङलाई नयाँ कार्यसमितिको अध्यक्षमा निर्वाचित गरेको हो।

१५ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा सरस्वती तामाङ, सचिवमा निमा तामाङ, सहसचिवमा लक्ष्मण तामाङ, कोषाध्यक्षमा कविता योञ्जन निर्वाचित भएका छन्। त्यस्तै, सदस्यहरुमा टेकबहादुर तामाङ, खड्कबहादुर तामाङ, बंगेल लामा, नम्रता तामाङ, सनबहादुर तामाङ, बमबहादुर तामाङ, निरक तामाङ, धवा तामाङ, रजनी तामाङ र कृष्णबहादुर बल छन्।

समाजका उपाध्यक्ष जयन्ती मोक्तानले स्वागत गरेको कार्यक्रममा सचिब निमा तामाङले संचालन गरेकी थिइन्।