पोखरामा अन्तरबटालियन भलिबल प्रतियोगिता सुरु

जनसम्मत
फागुन २२, २०७८, आइतबार

पोखरामा अन्तरबटालियन भूतपूर्व भलिबल प्रतियोगिता सुरु भएको छ।

७५ औं भारतीय स्वतन्त्रता दिवसका अवसरमा भारतीय पेन्सन वितरण केन्द्र, रामबजारको पोखराको खेल मैदानमा आइतबारदेखि सुरु प्रतियोगितामा १८ बटालियनका टोलीले प्रतिस्पर्धा गर्दैछन्।

भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख कर्णेल शशांक त्रिपाठीले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका हुन्।
बेस्ट अफ फाइवको आधारमा खेलाइएको प्रतियोगिताको उद्घाटन खेलमा ६/८ गोरखा राइफल्सले २/९ गोरखा राइफल्सलाई २६–२५ र २८–२६ को सोझो सेटले हरायो।

त्यस्तै अन्य खेलमा ५/४ गोरखा राइफल्सले ४/८ गोरखा राइफल्सलाई २५–२३ र २५–२० को सोझो सेटमा हरायो।

त्यस्तै, २/१ गोरखा राइफल्सले १/५ गोरखा राइफल्सलाई २५–१८ र २५–२३ को सोझो सेटमा हरायो।

त्यसैगरि, अर्को खेलमा १/५ गोरखा राइफल्सले १/३ गोरखा राइफल्सलाई २५–१७, २१–२५ र २५–२० को सेटमा हरायो।

प्रतियोगितामा फाइनलसहित प्रतियोगितामा ३६ खेल हुनेछन्। प्रतियोगिताको विजेताले २५ हजार र उपविजेताले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन्।