पोखरामा देशभरका पालिका उपप्रमुख, उपाध्यक्षहरुको राष्ट्रिय सम्मेलन

जनसम्मत
चैत्र ८, २०७८, मंगलवार

पोखरामा देशभरका पालिकाका उपप्रमुख÷उपाध्यक्षहरु भेला हुने भएका छन्।

स्थानीय तहमा निर्वाचित भएपछि न्यायिक समितिको संयोजकको रुपमा न्याय सम्पादनमा भैरहेका असल अभ्यास र चुनौतीहरुका विषयमा अनुभव अदान–प्रदान गर्ने उद्देश्यले पोखरामा भेला हुने भएको हो।
देशभरका उपप्रमुखहरुलाई एकैथलोमा जुटाउने काम पोखरा महानगर न्यायिक समितिले गर्दैछ। संविधानमै व्यवस्था भएको न्यायिक समितिको जिम्मेवारी सम्हालेका ७५३ वटै स्थानिय तहमा कसरी न्याय सम्पादन गरिरहेका छन्।

यसका असल अभ्यास र चुनौतीहरु बारे एकै थलोमा जम्मा भएर छलफल गर्ने उद्देश्यले पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा पहिलो पटक ‘न्यायिक समितिको राष्ट्रिय सम्मेलन–२०७८’ आयोजना गर्न लागेको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्पmत जानकारी गराइएको छ।

देशभरका पालिकाहरुलाई आमन्त्रण गरि समितिको राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङ्ले जानकारी दिइन्

चैत १४ गते पोखरा सभागृहमा हुने सम्मेलनको राष्ट्रपति बिद्यादेवी भण्डारीले उद्घाटन गर्ने गुरुङले जानकारी दिइन्।मंगलबार महानगर परिसरमा आयोजित पत्रकार सम्मेलनमा उनले भनिन्, ‘स्थानीय तहरुमा न्यायिक समिति नयाँ पनि हो, त्यसैले न्याय सम्पादनमा भएका असल अभ्यास र चुनौतीहरु बारे अनुभव साटासाट गदै कमीकमजोरीहरु सुधार गर्नुपर्ने विषयमा छलफल गरेर घोषणापत्र सार्वजनीक गर्ने छौ।’

सम्मेलनमा पोखराको न्यायिक समितिले न्याय निरुपण गरेको प्रयासहरुबारे निर्माण गरेको वृत्तचित्र समेत प्रर्दशन गरिने उपप्रमुख गुरुङले जानकारी दिइन्।

सम्मेलनलाई व्यवस्थित रुपमा सम्पन्न गर्न उपप्रमुख गुरुङको संयोजकत्वमा मुल समिति र विभिन्न ८ वटा उपसमितिहरु गठन गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत एवं सम्मेलनका सदस्यसचिव बलराम रिज्यालले जानकारी दिए।

पोखरा महानगरपालिका प्रमुख मानबदुर जिसीले सम्मेलन सकरात्मक भएको बताउदै यसलाई सफल बनाउन सबैले सहयोग गर्नुपर्नेमा जोड दिए।

‘देशभरका पालिका उपप्रमुखहरु पोखरा आउदाँ यहाँको प्रवद्र्धन समेत हुने भएकाले यो सम्मेलन सकरात्मक छ। सबैले सहयोग गर्नुपर्छ,’ जिसीले थपे।