दुबई राजपरिवारका सदस्यको पोखरा भ्रमण

जनसम्मत
असार ७, २०७९, मंगलवार

दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण गरेका छन्।

उनले पोखरा भ्रमण सकेर फर्किएका छन्। उनले पोखराको डेभिसफल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरे । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा समेत गरे ।

‘पोखरा साँच्चै सुन्दर छ। यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले भने, ‘म छिटै लामो समयका लागि पोखराको भ्रमणमा फेरि आउनेछु।’