निर्वाचन–२०७९ »

झापा–५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरले विजयी

झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन्। अध्यक्ष ओलीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवारलाई २८ हजार ३८८ को भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। ओलीले ५१ हजार ६१९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।…

ताप्लेजुङ–१ बाट योगेश भट्टराई विजयी

ताप्लेजुङ–१ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। योगेशले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकीमाथि २०८ को झिनो मतान्तर निकाल्दै जित निकालेका हुन्। योगेशले २१ हजार ९४३ मतसहित जित हासिल गरेका हुन्। त्यस्तै, नेकपा मओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेर २०८ मत अन्तरले हार बेहोरेका…

झापा–१ बाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतान्तरसहित निर्वाचित भएका छन्। झापा जिल्ला निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि विश्वप्रकाश विजयी बनेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएका हुन्। अन्तिम मत परिणामअनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।…

कास्की–१ को प्रदेशसभा (२) बाट वेदबहादुर निर्वाचित

कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ को (२) बाट नेकपा एमाले उम्मेदवार वेदबहादुर गुरुङ निर्वाचित भएका छन्। वेदबहादुरले नेपाली काँग्रेसका उम्मेदवार दीपक गुरुङ ‘माइला’ लाई ८६७ को मतान्तरले विजयी बनेका हुन्। मत गणनाको अन्तिम नतिजामा वेदबहादुरले १२ हजार ६६१ मत ल्याउँदा वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका दीपक ‘माइला’ले ११ हजार ७९४ मत ल्याए।  …

गोरखा–१ प्रदेशसभा (२) बाट काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (२) सदस्यका लागि नेपाली काँग्रेसका नन्दप्रसाद न्यौपाने विजयी बनेका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका न्यौपानेले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मोहनप्रसाद भट्टराईमाथि ८ हजार ७६२ को भारी मतान्तरले जित निकाल्दै विजयी बनेका हुन्। मतगणनाको अन्तिम नतिजामा न्यौपानेले १६ हजार २६५ मत ल्याउँदा भट्टराईले ७ हजार ५३३ मत…

गोरखा–१ (१) बाट माओवादीका धिताल विजयी

गोरखा जिल्ला निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) को सदस्यमा नेकपा (माओवादी केन्द्र)का कृष्ण धिताल विजयी भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनतर्फबाट साझा उम्मेदवार बनेका धितालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापामाथि ५ हजार ६३५ को मतान्तरले जित निकालेका हुन्। मतगणनाको अन्तिम नतिजामा धितालले १५ हजार ४५७ मत ल्याउँदा थापाले ९ हजार ८२२ मत ल्याए।

बागलुङ–१ को (२) मा काँग्रेसका डिल्लीराम सुबेदी निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार डिल्लीराम सुबेदी निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका सुवेदीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार नवराज पौडेललाई ६ हजार १२० मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजामा सुवेदीले १३ हजार ३७९ मत प्राप्त गरेका छन्। त्यस्तै पौडेलले…

बागलुङ–१ को प्रदेशसभा (१) बाट काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा (१) बाट नेपाली काँग्रेसका दीपेन्द्रबहादुर थापा निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार हिराबहादुर खत्रीलाई १ हजार ४८० को मतान्तरले हराउँदै विजयी बनेका हुन्। मत गणनाको पछिल्लो नतिजामा थापाले १३ हजार ८९८ मत ल्याए भने खत्रीले १२ हजार ४१८…

बागलुङ–२ को प्रदेशसभा (१) बाट जीतबहादुरको जीत

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रतिनिधिसभा (१) बाट जीतबहादुर शेरचनले जीत हात पारेका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बनेका शेरचनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तिमगरलाई ३ हजार १०९ को फरक मतान्तरले हराउँदै जीत पारेका हुन्। मत गणनाको अन्तिम नतिजाअनुसार शेरचनले १५ हजार १२८ मत ल्याए भने घर्तिमगरले १२ हजार ०१९ मत…

बागलुङ–२ को प्रदेशसभा (२) बाट काँग्रेसका दोर्णकुमार कुवँर निर्वाचित

बागलुङ जिल्लाको निर्वाचन क्षेत्र नं. २ को प्रदेश सभा (२) मा नेपाली काँग्रेसका उम्मेदवार दीर्णकुमार कुवँर निर्वाचित भएका छन्। वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कुँवरले निकटतम प्रतिद्वन्दी नेकपा (एमाले) का उम्मेदवार लक्ष्मण पुन मगरलाई ३ हजार ७४१ को मतान्तरले हराउँदै निर्वाचित भएका हुन्। मत गणनाको पछिल्लो नतिजाअनुसार कुँवरले १२ हजार ४२१ मत प्राप्त गरेका छन्।…