देश-समाज »

पोखराका क्रियाशील पत्रकारहरु तिमिल्सिना र गुरुङलाई पत्रकारिता पुरस्कार

पोखराका क्रियाशील पत्रकारद्वय रामप्रसाद तिमिल्सिना र राम गुरुङलाई गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार पुरस्कृत गरिएको छ। गुरुङलाई वि.सं. २०७७ र तिमिल्सिनालाई वि.सं. २०७८ को पुरस्कार प्रदान गरिएको हो। पुरस्कार राशी जनही २५/२५ हजार एक रुपैयाँ, दोसल्ला र सम्मानपत्र रहेको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, जिल्ला अदालत कास्कीका न्यायाधीश श्रीकृष्ण भट्टराई, गण्डकी प्रदेश अर्थ…

सचिवहरुको सरुवा

सरकारले सचिवहरुको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थसचिव मधु मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा तानेर जगेडामा राख्दै अन्य सचिवको सरुवा गरेको हो। महिला बालबाबलिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा पठाइएको छ भने उनको ठाउँमा लुम्बिनी प्रदेशको प्रमुख सचिवका रूपमा काम गरिरहेका सचिव डिल्लिराम शर्मालाई तानिएको छ। साथै,…

सदस्यता वितरणमा कडाई गर्न पत्रकार महासंघलाई प्रेस काउन्सिलको आग्रह

प्रेस काउन्सिल नेपालले जथाभावी सदस्यता दिने काम नगर्न नेपाल पत्रकार महासंघलाई आग्रह गरेको छ। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आफ्नो सदस्यता दिने प्रावधानलाई खुकुलो नबनाउन नेपाल पत्रकार महासंघलाई आग्रह गरेका हुन्। नेपाल मतदाता अधिकार मञ्चले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले पत्रकारको आवरणमा गैरपत्रकारबाट हुने विभिन्न खालका गतिविधिलाई रोक्न पनि महासंघले आफ्नो…

सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

सुनचाँदी बजारमा आज (मंगलबार) छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएको पहेँलो धातु आज प्रतितोला २ सयले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार १ सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९४ हजार…

नेप्से परिसूचक २.७६ अंकले गिरावट

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको नेप्से परिसूचकमा सामान्य गिरावट आएको छ । मंगलबार नेप्से सूचक २.७६ अंकले घटेर २१९३.४८ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स शून्य अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.०१ अंकले घटेको छ। तर, सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१३ अंकले बढेको छ। मंगलबार कारोबारमा आएका २१७ कम्पनीको ७८ लाख १३ हजार १०२…

राष्ट्रको हितलाई सर्वोपरि राखेर काम गर्न मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको सर्वोपरि हितलाई ध्यानमा राखेर जनताको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नका लागि समर्पित भएर लाग्न मन्त्रीलाई निर्देशन दिएका छन्। मंगलबार अपरान्ह प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित मन्त्री तथा सचिवहरूको बैठकलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् । त्यस अवसरमा उनले अब मुलुक चाँडै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चरणमा प्रवेश…

एसपी केसीले कास्की प्रहरी प्रमुखको कार्यभार सम्हाले

प्रहरी उपरीक्षक (एसपी) अजय केसीले कास्की प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन्। केसीले हिँजो सोमबारदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका हुन्। प्रहरी प्रमुखविहीन बनेको कास्कीको प्रहरी कमाण्ड सम्हाल्न काज सरुवामा एसपी केसी हिँजै मात्र कास्की (पोखरा) आइपुगेका हुन्। केही दिन अघि मात्र नेपाल प्रहरी प्रधान कार्यालयले ११ जना (एसपी) काज सरुवा गरेको थियो।…

नेप्सेमा दोहोरो अंकले उच्च वृद्धि

कारोबारको पहिलो दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ। नेप्से आज ५४ दशमलव ५८ अंकले बढेर २ हजार १ सय ९५ दशमलव १० विन्दुमा पुगेको हो। आज फाइनान्स बाहेक सबै उपसमुहको शेयर उकालो लागेको छ । आज २ सय २० वटा कम्पनीको १ करोड १३ लाख ३९ हजार ४ सय ७६ कित्ता…

सुन चाँदीको मूल्य दिन प्रति दिन बढ्दै

सुन चाँदीको मूल्य दिनप्रति दिन बढ्न थालेको छ। हप्ताको पहिलो दिन आज (आइतबार) तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँ पुगेको छ। २ दिनअघि मात्रै (शुक्रबार) सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको थियो। यस्तै, चाँदीको भाउ पनि लगातार बढ्न थालेको छ। तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय ३० रुपैयाँमा…

प्रहरीका १३ जना एसपीको काज सरुवा, ४ जिल्लाका प्रमुख फेरिए

नेपाल प्रहरीका १३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरिएको छ। ४ जिल्लाका इन्चार्ज फेरिएका छन्। ज्ञानेन्द्रप्रसाद फुयाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा सरुवा गरिएको छ। सुनसरीमा प्रभुप्रसाद ढकाल, इलाममा दिलिप घिमिरे र नुवाकोटका रमेश पण्डितलाई पठाइएको छ। सीआइबीमा कार्यरत श्यामकुमार महतोलाई ट्राफिक व्यवस्थापन कार्यालय इटहरीमा सरुवा गरिएको छ। सर्लाहीमा विवादित भएर तानिएका कृष्ण प्रसाईलाई…