देश-समाज »

विचारमा अडिग योद्धा हुँ, मैदान छाडेर भाग्ने कुरा हुँदैन : माधव नेपाल

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफू विचारमा अडिग योद्धा रहेको भन्दै मैदान छोडेर नभाग्ने बताएका छन्। शनिबार काठमाडौँमा अखिल फोर्सको बृहत भेलालाई सम्बोधन गर्दै नेपालले आफू विचारमा अडिग योद्धा रहेको र कार्यकर्तालाई पनि त्यस्तै बन्न सुझाव दिँदै आफूहरू मैदान छोडेर नभाग्ने बताएका हुन्। उनले निरंकुश र स्वेच्छाचारी प्रवृत्तिको विरोध गर्दै मनपरी, बेलगाम, अराजक…

कर्माचार्य कहिल्यै पनि पदको पछि लाग्नुभएन, नेता कार्यकर्ताले सिक्नु पर्छः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले त्याग देखाउन सक्नुपर्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसलाई आज सम्बोधन गर्दै उनले पछिल्ला दिनमा कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता आदर्शबाट विचलित हुँदै गएकामा चिन्ता व्यक्त गरे। मन्त्री पाइएन भने नेतृत्वको आलोचना गर्ने र मन्त्री पाएमात्र काम गर्ने प्रवृत्ति…

नेकपा एमाले सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिए

नेकपा एमालेका सांसद भीम रावलले सांसद पदबाट राजीनामा दिएका छन्। उनले आफ्नो राजीनामा संसद् सचिवालयसमक्ष बुझाएका हुन्। नेकपा एमालेमा देखिएको विवादका कारण उनले राजीनामा दिएको बताएका छन्। उनले राजीनामा पत्रमा भनेका छन्, ‘राजनीतिक नेतृत्वबाट देश र जनतालाई अनिश्चियतर्फ धकेलियो । राजनीतिक वृत्तको नेतृत्वमा देखिएको चरम सत्ता लिप्सा देख्दा नेपालीको मन रुन्छ । पार्टी एकताका लागि…

६,०८५ जनामा कोरोना संक्रमण, ६८ जनाले ज्यान गुमाए

नेपालमा गत २४ घण्टामा ६ हजार ८५ जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १७ हजार १ सय ४७ पीसीआर परीक्षण गरिएकोमध्ये ५ हजार २ सय ८५ र ३ हजार १८ एन्टिजेन परीक्षणमा ८ सय जनामा पोजिटिभ देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ६६…

२४ घण्टामा थप ७,६६० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा गत २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज (मंगलबार) १६ हजार १ सय ३१ पीसीआर परीक्षण गरिएकोमा ७ हजार ५ सय ८७ जनामा र ५ सय ७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण देखिएको हो। यससँगै नेपालमा कूल संक्रमितको संख्या…

कोभिडले थलिएको देशमा अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने योजना आयोगको प्रक्षेपण

कोभिड–१९ को प्रभावले थलिएको नेपालको अर्थतन्त्र पुरानै अवस्थामा ल्याउन साढे ६ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको छ। राष्ट्रिय योजना आयोगले कोरोनाको प्रभावले थलिएको अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब लाग्ने प्रक्षेपण गरेको हो। आयोगले आर्थिक वर्ष २०७६/७७ को तेस्रो चौमासिक अवधिमा महामारीका कारण अर्थतन्त्रमा परेको प्रभाव, यसले पु¥याएको क्षति विश्लेषण गर्दै राहत तथा पुनरुत्थान रणनीति…

आज एकैदिन कुकुर तिहार र लक्ष्मी पूजा

आज (शनिबार) एकैदिन कुकुर तिहार र लक्ष्मी पूजाको तिथि परेको छ। सामान्यतया यमपञ्चकको दोस्रो दिन कुकूर तिहार र तेस्रो दिन लक्ष्मी पूजा पर्नै गर्दछ। तर, यस वर्ष तिथि घटबढका कारण कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन परेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ। आजै (शनिबार) बिहान नदी, तलाउ वा धारामा गई स्नान गरेर सालका पातमा…

बाबुराम भट्टराई सोध्छन्, ‘शोख शान सबै राजा–रानीको जस्तो चाहिने, नाउँ चाहिँ किन कम्युनिष्ट हँ ?’

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीप्रति कडा प्रतिक्रिया दिएका छन्। डा. भट्टराईको प्रतिक्रिया यस्तो छ, ‘शोक शान सबै चाहिने व्यक्ति कम्युनिष्ट हुन सक्दैन।’ प्रधानमन्त्रीसमेत रहेका सत्तारुढ नेकपाका अध्यक्ष केपी शर्मा ओली संखुवासभाको किमाथाङ्काको भ्रमणमा जाँदा प्रधानमन्त्री सरकारी निवास बालुवाटारबाटै हेलिकोप्टरमार्फत् उडेको विषयमा अध्यक्ष भट्टराईले यस्तो प्रतिक्रिया दिएका…

त्रिविद्वारा स्नातक तहका परीक्षा तालिका सार्वजनिक

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ४ वर्षे वीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय बल्खुले आउँदो मंसिर २८ गतेदेखि परीक्षा संचालन गर्ने गरी तालिका सार्वजनिक गरेको हो। २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायतर्फको ४ वर्षे बीएस्सी, बीबीएस. र…

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको आग्रह ‘मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान संचालन गरौं’

संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मर्यादित र विश्वसनीय पत्रकारिताको अभियान संचालन गर्न आह्वान गरेका छन्। उनले भने,  मर्यादित पत्रकारिताले नै समाजलाई सभ्य बनाउने  बताए । नवलपरासी (बर्दघाट सुस्तापश्चिम), नवलपरासी (बर्दघाट सुस्तापूर्व) र चितवनका पत्रकारका लागि अमेरिकी दूतावासको सहयोगमा मिडिया एक्सन नेपालले आयोजना गरेको भ्रामक समाचार र गलत सूचना न्यूनीकरणसम्बन्धी दोस्रो चरणको तालीम समापन कार्यक्रममा…