देश-समाज »

भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउन चीनले सघाउनेछ : राष्ट्रपति सी चिनफिङ (पढ्नुहोस, चिनियाँ राष्ट्रपति सी चिनफिङले रात्रीभोजमा दिएको सम्बोधनको पूर्ण पाठ : नेपाली अनुवादसहित)

पोखरा । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले भूपरिवेष्ठित नेपाललाई भूजडित बनाउन चीनले सघाउने प्रतिबद्धता जनाएका छन् । त्यसका लागि बढि भन्दा बढि नाका खोल्न चीन तयार रहेको राष्ट्रपति सी चिनफिङले प्रतिबद्धता जनाए । ‘भूपरिवेष्ठित नेपाललाई भूजडित तुल्याउन चीनले नेपाललाई मद्दत गर्नेछ,’ उनले भने, ‘बढीभन्दा बढी व्यापारिक नाका खोल्न पनि चीन तयार छ ।…

नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च छ : राष्ट्रपति भण्डारी (पढ्नुहोस, राष्ट्रपति भण्डारीले दिएको मन्तव्यको पूर्ण विवरण सहित)

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–चीन सम्बन्ध सागर झैँ गहिरो र सगरमाथा जस्तै उच्च रहेको बताएकी छन् । आफ्ना चिनियाँ समकक्षी सी चिनफिङको सम्मानमा शनिबार साँझ राजधानी काठमाण्डौंमा आयोजित राजकीय भोजमा मन्तव्य व्यक्त गर्दै राष्ट्रपति भण्डारीले पञ्चशीलमा आधारित हामीबीचको न्यानो सम्बन्धलाई थप उचाईमा लैजाने प्रशस्त सम्भावना रहेको उल्लेख गरिन् । राष्ट्रपति भण्डारीले उल्लेख गरिन्, ‘पारस्परिक…

नेपालमा चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण

पोखरा । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङले शनिबारदेखि नेपालको राजकीय भ्रमण गरेका छन् । नेपालको राजकीय भ्रमणका लागि राष्ट्रपति सी चिनफिङ सोमबार विशेष विमानबाट काठमाडौँमा अवतरण गरेका हुन् । नेपालको द्विदिवसीय भ्रमणमा रहेका राष्ट्रपति सीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री केपी…

७० र ८० बर्ष माथिका ज्येष्ठ नागरिक अब वरिष्ठ र अति वरिष्ठ

पोखरा । प्रतिनिधीसभा अन्तर्गत महिला तथा सामाजिक समितिको आइतबार बसेको बैठकले ज्येष्ठ नागरिकको परिभाषा सम्बन्धी प्रस्तावमा ७० वर्षमाथिका लाई वरिष्ठ र ८० वर्षमाथिकालाई अतिवरिष्ठ बनाउने प्रस्तावलाई अनुमोदन गरेको छ । यसअघि, बैठकमा ज्येष्ठ नागरिक सम्बन्धी ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७५ को पहिलो संशोधन माथी दफावार छलफल सुरु भएको थियो । बैठकमा छोरीका…

प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठको २५ देखि युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा निस्कदै

पोखरा । प्रधानमन्त्री के.पी. शर्मा ओली यही जेठ २५ गते युरोपका विभिन्न मुलुकहरुको भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री ओलीले यही जेठ २५ गते देखि असार १ गतेसम्म युरोपका विभिन्न मुलुकहरुको भ्रमण गर्नुहुने कार्यक्रम रहेको जानकारी दिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओली अन्तराष्ट्रिय श्रम संगठन आइएलओको…

पाँचथर सामूहिक हत्याकाण्ड : भाग्न सफल घाइते सीता खजुम घटनाको साक्षी

पोखरा । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ । स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जना सदस्यको धारिलो हतियार प्रहार गरी हत्या गरिएको समाचार छ । हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा…

सगरमाथा आरोहण : यसरी बनाइन्छ सर्वोच्च शिखर जाने बाटो

पोखरा । सगरमाथाको मुख्य प्रवेशद्वार नाम्चेस्थित सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसीसी) ले २०५४ सालदेखि पर्यटन विभागको पर्वतारोहण महाशाखासँग सहकार्य गरेर सगरमाथाको दोस्रो शिविरसम्म बाटो बनाउने गरेको छ । त्यसभन्दा माथि आरोहीहरू स्वयंले बाटो बनाउँछन् । आरोहणको याम सुरु हुनुभन्दा झन्डै एक महिनाअघि गैरसरकारी संस्था एसपीसीसीले बाटो बनाउने दक्ष कामदारहरू खटाउने गरेको छ । यस पटक…

तेस्रो मुलुक लैजान लागिएको २३ नेपाली महिलाको भारतबाट उद्दार

पोखरा । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजान लागेको २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ । भारतको मिजोरमस्थित, मिजोरम प्रहरी र भारतको सामाजिक कल्याण केन्द्रको सहयोगमा काँकरभिट्टासम्म ल्याई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्व र समन्वयमा बिहीबार काँकरभिट्टास्थित माइती नेपालको सेन्टरमा राखिएको छ । उनीहरुलाई मनोसामाजिक परामर्श र अनुसन्धानका लागि राखिएको…