देश-समाज »

पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार

पत्रकार यदुनाथ बञ्जाराले पत्रकार बञ्जारालाई सुसाशन पत्रकारिता पुरस्कार पाउँदैछन्। भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवस डिसेम्वर ९ का दिन प्रदान गरिदै आएको सुसाशन पत्रकारिता पुरस्कार–२०७८ बाट पत्रकार बञ्जारालाई दिने निर्णय गरिएको हो। ईञ्जीनियर स्वर्गिय लेखबहादुर गुरुङकोअक्षयकोषबाट स्थापित सुसाशन पत्रकारिता पुरस्कार सुसाशनका लागि नागरिक समाज (सुनास) ले सञ्चालन गर्दै आएको छ। हरेक वर्ष प्रदान गर्दै आएको सुसाशन पत्रकारिता पुरस्कार…

मंसीरको २४ र २५ गते पोखरामा सातौं पर्वतीय महोत्सव

पोखरामा ७ औं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव हुने भएको छ। अन्तराष्ट्रिय पर्वतीय दिवसको अवसर पारेर मंसीरको २४ र २५ गते महोत्सव हुने भएको हो। राष्ट्र संघले डिसेम्बर ११ लाई अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाउँदै आएको छ। दिवसको अवसर पार पारेर नेपाल पर्वतारोहण संघले ७ वर्षदेखि बर्सेनी पर्वतीय महोत्सव मनाउन थालेको हो। दुई दिनसम्म हुने महोत्सवमा पर्वतीय…

निर्वाचन खर्च पेश गर्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा भएको खर्च ३५ दिनभित्र पेश गर्न निर्देशन दिएको छ। प्रत्यक्षतर्फका उम्मेदवारले प्रदेश, जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नुपर्नेछ। निर्वाचन खर्चको विवरण पेश गर्दा तोकिएको हद बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचार–प्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचार–प्रसार, छापा…

झापा–५ बाट एमाले अध्यक्ष ओली भारी मतान्तरले विजयी

झापा जिल्लाको निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन्। अध्यक्ष ओलीले निकटतम प्रतिद्वन्द्वी गठबन्धनका साझा उम्मेदवारलाई २८ हजार ३८८ को भारी मतान्तरले पछि पार्दै निर्वाचित भएका हुन्। ओलीले ५१ हजार ६१९ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत ल्याए।…

ताप्लेजुङ–१ बाट योगेश भट्टराई विजयी

ताप्लेजुङ–१ बाट प्रतिनिधिसभातर्फ नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन्। योगेशले निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुढाथोकीमाथि २०८ को झिनो मतान्तर निकाल्दै जित निकालेका हुन्। योगेशले २१ हजार ९४३ मतसहित जित हासिल गरेका हुन्। त्यस्तै, नेकपा मओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीले २१ हजार ७३५ मत प्राप्त गरेर २०८ मत अन्तरले हार बेहोरेका…

झापा–१ बाट काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा विजयी

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतान्तरसहित निर्वाचित भएका छन्। झापा जिल्ला निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभाका लागि विश्वप्रकाश विजयी बनेका हुन्। उनले नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई हराएका हुन्। अन्तिम मत परिणामअनुसार शर्माले ३९ हजार ६२४ मत पाएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत पाए।…

‘८ दिनभित्र सबै नतिजा आउँछ’, प्रमुख आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ८ दिनभित्र निर्वाचनका सबै नतिजा आउने बताएका छन्। थपलियाले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको छ।’ मंगलवार काठमाडौँ क्षेत्र नम्बर १० को मतगणना स्थलको निरीक्षण गर्दै थापलियाले मतगणना रोकिएका क्षेत्रबाहेक अन्य सबै क्षेत्रको मत परिणामको नतिजा आउने बताए। उनले भने, ‘८ दिनभित्र नतिजा आउने…

काठमाडौं–४ बाट प्रतिनिधिसभामा गगन थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली काँग्रेसका गगनकुमार थापा विजयी भएका छन्। निर्वाचन अधिकृत शारदा पौडेलका अनुसार सो क्षेत्रबाट ४५ हजार ९२९ मत खसेकोमा २१ हजार ३०२ मतसहित गगन विजयी भएका हुन्। थापाका निकटतम प्रतिद्वन्द्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) का राजन भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरे। ०७४ मा…

६० प्रतिशत मत खस्यो

आज (मंसीर ४, आइतबार) देशभर प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन भएको छ। आज बिहान ७ देखि साँझ ५ बजेसम्मको निर्धारित समयमा देशभरका मतदाताहरुले मतदान गरेका छन्। निर्वाचन आयोगका अनुसार मतदानको विवरण आउने क्रम जारी छ। यो पाली केही सामान्य घटनाबाहेक शान्तिपूर्ण र उत्साहपूर्वक मतदान भएको छ। निर्धारित समय सकिएपनि मतदान केन्द्रको हाताभित्र लाइनमा रहेका मतदाताले…

मतदान गर्ने सही तरिका

आज (मंसीर ४ गते, आइतबार) प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत मतदान हुँदैछ। आज बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ। आयोगले मतदान गर्ने सही तारिकाका बारेमा जानकारी गराइसकेको छ। मतदान गर्दा मतपत्र बदर नहोस् भन्नेबारेमा सचेत गराइएको छ। आयोगका अनुसार मतदाताका लागि ४ चरणमा मतदान गर्ने कार्य सम्पन्न हुनेछ।…