देश-समाज »

अनलाइनमा दल र उम्मेदवारले चुनावी विज्ञापन गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय…

युआरएल पुरस्कारका लागि छनोट समिति

युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ। युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए। ३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ। समितिमा एक चिकित्सक र अर्का एक सदस्य…

डोटी भूकम्प: ५ घाइतेको उपचार डोटी अस्पतालमै

गए रातिको भूकम्पमा परी गंभीर घाइते भएका ५ जनाको उपचार डोटी अस्पतालमा भइरहेको छ। घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारका लागि हेलिकप्टरबाट डोटी अस्पताल पुर्‍याइएको हो। सुर्खेत र कैलालीको धनगढीबाट गएको हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो। उद्धारसँगै तत्काल आवश्यक खाद्यान्न र टेण्टसमेत लिएर भैरवनाथ गणको टोली सो क्षेत्रमा खटिएको छ। गए राति २…

डोटी भूकम्प : दिउँसो ४ बजेसम्म २ सय १० पराकम्प

डोटी केन्द्रविन्दु भएर आएको ६.६ म्याग्निच्युडको भूकम्पछि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले मंगलबार राति २ बजेदेखि बुधबार अपराह्न ४ बजेसम्म २ सय १० वटा पराकम्प रेकर्ड गरेको छ। ती सबै पराकम्प ४ म्याग्निच्युडभन्दा कमको रहेको केन्द्रले जनाएको छ। मंगलबार २ बजेर १२ मिनेटमा…

डोटीमा भूकम्प: ६ जनाको ज्यान लियो

डोटीमा गएराति ३ पटक भूकम्प गएको छ। पछिल्लोपटक डोटीमा गएराति २ बजेर १२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रविन्दु बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार त्यसअघि पनि त्यही क्षेत्र भएर राति ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ रेक्टर स्केलको र त्यसअघि ९ बजेर ७…

मोरङको बेलबारी बेतना सिमसार क्षेत्र (फोटो फिचर)

मोरङकै पर्यटन गन्तव्यको संभावना बोकेको बेलबारी बेतना सिमसार क्षेत्र संरक्षणको पर्खाइमा छ। बेलबारी नगरपालिका वडा नं ३ र ४ मा फैलिएको यस सिमसार क्षेत्रलाई संरक्षण गर्न सके मोरङ र बेलबारी नगरकै थप पहिचान बढ्छ। पूर्व–पश्चिम राजमार्गको बेलबारीस्थित दायाँवयाँ क्षेत्रमा फैलिएको यस सिमसार क्षेत्रभित्रको पोखरीको सरसफाई, जलकुम्भी झारको नियन्त्रण गर्न सके पोखरीहरु सुन्दर देखिनेछन्। बन जंगल…

एमालेको घोषणापत्र: ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’

नेकपा (एमाले) ले आज (मंगलबार) आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरेको ९६ पृष्ठ लामो चुनावी घोषणापत्रमा एमालेले ‘बलियो राष्ट्रियता र सुदृढ लोकतन्त्र’ लाई मूलमन्त्र मानेको छ। साथै, घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपाल: सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिएको छ। कुल ५ खण्ड रहेको एमालेको घोषणापत्र अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधिसभा…

माओवादीको घोषणापत्र सार्वजनिक, प्रत्यक्ष निर्वाचित राष्ट्रपति

नेकपा माओवादी केन्द्रले मंसीर ४ गते हुने चुनावको घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (सोमवार) आयोजित कार्यक्रममा सार्वजनिक भएको घोषणापत्रमा माओवादीले स्थिर राजनीतिका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको एजेन्डालाई प्राथमिकता दिएको छ। संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रिमण्डल रहने व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ। संसद् मुख्यरूपमा विधायन…

नेकपा (एकीकृत समाजवादी)को घोषणापत्र सार्वजनिक

नेकपा (एकीकृत समाजवादी) ले चुनाबी घोषणापत्र सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको घोषणापत्रमा एकीकृत समाजवादीले निर्वाचन प्रणालीमा सुधार गर्न जोड दिएको छ। उसले महँगो निर्वाचन प्रणालीका कारण राजनीतिमा त्याग गरेका र आर्थिकरुपमा कमजोर व्यक्तिले कहिल्यै शासकीय जिम्मेवारीमा पुग्न नसक्ने ठहर गर्दै निर्वाचन प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिएको छ। सो पार्टीले आज (सोमबार) सार्वजनिक गरेको प्रतिनिधिसभा र…

पोखरामा रगतको अभाव, एभरेस्ट एफएमले बुधवार आकस्मिक रक्तदान गर्दै

एभरेस्ट एफ एम ९३ मेगाहर्जले आगामी बुधबार आकस्मिक रक्तदान गर्ने भएको छ। विभिन्न चाडपर्वका कारण नियमित रक्तदान कार्यक्रमहरु हुन नसक्दा पोखरामा रगतको अभावलाई पूरा गर्न क्षेत्रप्य रक्तसंचार केन्द्रको अनुरोधमा कार्यक्रमको आयोजना गर्न लागिएको एफएमले जनाएको छ। ‘स्वस्थ जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ आकस्मिक रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको एफएमका प्रबन्ध निर्देशक…