देश-समाज »

मिडिया काउन्सिल विधेयक प्रस्तुत

मिडिया काउन्सिल विधेयक प्रस्तुत भएको छ। सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रस्तुत गरेका हुन्। सञ्चारमन्त्री कार्कीले विधेयक प्रस्तुत गर्दै अब पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित नबन्ने उल्लेख गरेका छन्। साथै उनले विधेयक पास भएर कानुन बनेपछि पत्रकारिता र सञ्चारमाध्यमबाट कोही पीडित हुनुनपर्ने, अवस्था नआउने दावी समेत गरे। सरकारले ल्याएको मिडिया…

आज हरितालिका तीज

आज भाद्र शुक्ल तृतीयाका दिन अर्थात हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज। आजको दिनबाट मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। शास्त्रीयरूपमा महिला, पुरुष दुवैले हरितालिका (तीज)को व्रत गर्नुपर्ने भए पनि सामाजिक…

निर्वाचन आचारसंहिता सार्वजनिक

आउँदो मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता सार्वजनिक गरेको छ। राजपत्रमा आज (सोमवार) प्रकाशित भएको आचारसंहिता आयोगले निर्णय गरेको दिनदेखि लागू हुनेछ। आयोगले केन्द्रमा निर्वाचन आयुक्तको नेतृत्वमा केन्द्रीय आचारसंहिता अनुगमन समिति र हरेक जिल्लामा जिल्ला आचारसंहिता अनुगमन समिति गठन गर्ने जनाएको छ। निर्वाचन आयोगका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्…

आज तीजको दर खाने दिन

आज भाद्र शुक्ल द्वितीयाका दिन अर्थात हरितालिका तीजको अघिल्लो दिन (दरखाने) दिन। हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ। तीजको व्रतका लागि शक्ति प्राप्त होस् भनेर भाद्र शुक्ल द्वितियामा दर खाने चलन छ। राति १२ बजेपछि भाद्र शुक्ल चौथीका दिन बिहान गणेश पूजा गरी सूर्यलाई…

आजदेखि मतदाता नामावली अद्यावधिक

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आजदेखि मतदाता नामावली अद्यावधि कार्यक्रम सुरु हुँदैछ । यसअन्तर्गत आज (आइतबार) सम्बन्धित वडा कार्यालय र निर्वाचन कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछन् । नामावलीमा रहेको त्रुटि सच्याउन, नामावलीमा प्रकाशित कुनै व्यक्तिको विवरणको विरोधमा उजुरी दिन एवं कुनै मतदाताको एकभन्दा बढी स्थानमा नाम समावेश भएमा एक स्थानमा नाम कायम…

आज ४ दलको नेपाल बन्द

विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका छन्। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सहित विभिन्न ४ दलले आज (मंगलबार) नेपाल बन्द गर्ने घोषणा गरेका हुन्। सरकार र पार्टीबीच भएको ३ बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, महँगी र राष्ट्रघाती सन्धि र सम्झौताविरुद्ध संघर्ष…

काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियान संचालन गर्दै

नेपाली काँग्रेसले ‘जनताको साथमा काँग्रेस’ अभियानको घोषणा गरेको छ। शनिवार पार्टीको केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन लक्षित अभियानको घोषणा गरेको हो। अभियान ३ चरणमा संचालन हुने जनाइएको छ। पहिलो चरण भदौ १० देखि वीपी जन्मजयन्ती भदौ २४ सम्म, दोस्रो चरण समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो चरण प्रत्यक्षतर्फको उम्मेदवारी दर्तापछि संचालन हुने पत्रकार सम्मेलनमा जानकारी…

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै दमौलीबाट रंगेहात पक्राउ

इन्जीनियर अमलेश कुमार घुस लिदालिदै तनहँको दमौलीबाट रंगेहात पक्राउ परेका छन्। स्याङ्जास्थित कार्यालयबाट जागिर छुटेर पनि घुस लिन सप्तरीस्थित घरबाट तनहुँ सदरमुकाम दमौली आइपुगेका इन्जिनियर अमलेशकुमार ७५ हजार रुपियाँ घुस लिंदालिंदै पक्राउ परेका हुन्। शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका करार कर्मचारीको म्याद नथप्ने निर्णय भएसँगै स्वत: अवकाश पाएका सप्तरीको बोदेबसाइन नगरपालिका निवासी हुन्। स्याङ्जास्थित…

भारतबाट तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्यसूचि घटेर आयो, नेपालमा भने घटेन

भारतबाट लगातार तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। नेपाल आयल निगमका अनुसार मंगलबार प्राप्त मूल्य सूचीमा पेट्रोल १ रुपैयाँ ९४ पैसा र डिजल ४ रुपैयाँ ८४ पैसा घटेर आएको छ। यसअघि, साउन १६ गते दोस्रो पटक डिजल प्रतिलिटर १२ रुपैयाँ ४५ पैसा र पेट्रोल प्रतिलिटर १६ रुपैयाँ ८० पैसा घटेर आएको थियो ।…

राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाएकी छन्। राष्ट्रपति भण्डारीले विधेयकमा पुनर्विचार गर्न आवश्यक भएको भन्दै विधेयक फिर्ता गरेको विज्ञप्तिमा उल्लेख छ। विधेयकलाई संसदीय समितिले पास गरेर प्रतिनिधि सभामा पठाएको थियो। प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाएको विधेयक राष्ट्रियसभाबाट पनि पारित भएपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर राष्ट्रपतिकहाँ पठाएका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले…