गण्डकी प्रदेश »

नवलपरासीको हुप्सेकोटमा अपाङ्ग र विपन्नको निःशुल्क स्वास्थ्य बीमा

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले अपाङ्ग र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ। हुप्सेकोट गाउँ कार्यपालिकाको पहिलो बैठकले अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो। गाउँपालिकाभित्रका अपाङ्गता भएका र विपन्न नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। ‘गाउँपालिकाले सबै नागरिकको सहज स्वास्थ्य…

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ५ दिनको समय दिएर प्रदेश सरकार गठनका लागि आह्वान गरेका छन्। संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सरकार गठन गर्न प्रमुख गुरुङले आह्वान गरेका हुन्। कुनैपनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री दाबी गर्न पुस २५ गते सोमबार दिउँसो ४ बजेको समय प्रदेश…

गण्डकी प्रदेशसभाको अधिवेशन आज

गण्डकी प्रदेशसभाको आज (सोमबार) अधिवेशन सुरु हुँदैछ। प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आज (सोमबार) दिउँसो ३ बजे प्रदेशसभा अधिवेशन आह्वान गरेका हुन्। अधिवेशन प्रदेशसभा भवन नदीपुरमा हुने प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले यसअघि, विज्ञप्तिमार्फत जनाएका जानकारी दिएका थिए। आज ११ बजे सर्वदलीय बैठक बस्दैछ। उक्त बैठकले नै संसद…

हरिबहादुर चुमान माओवादी केन्द्र गण्डकीको संसदीय दल नेता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश संसदीय दलको नेतामा हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन्। सो दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२) बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। उनका अनुसार ज्येष्ठ सदस्य कृष्ण धितालको अध्यक्षतामा दलको बैठक बसेको थियो। संसदीय दलको नेताबाहेकका अन्य पदाधिकारी…

गण्डकी प्रदेशका सांसदले लिए गोपनीयताको शपथ

गण्डकी प्रदेश सभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन्। ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरुलाई आज (बिहीबार) गण्डकी प्रदेशको सभामा शपथ खुवाएका हुन्। ज्येष्ठ सदस्य बस्यालले हिँजो (बुधबार) प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। ६९ जना सांसदमध्ये ५६ जना सांसदले नेपाली र ३ जना सांसदले मातृ भाषामा शपथ लिएका छन्।…

खगराज अधिकारी, एमाले गण्डकी संसदीय दलको नेता

नेकपा एमाले संगठन विभाग प्रमुुख खगराज अधिकारी नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा चुनिएका छन्। नेकपा एमाले प्रदेशसभा सदस्यहरूको आज (आइतबार) बसेकोे बैठकले अधिकारीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो। अधिकारी, कास्कीको निर्वाचन क्षेत्र नं १ को गण्डकी प्रदेशसभा (१) बाट निर्वाचित सदस्य हुन्। संसदीय दलका नेता बन्न उम्मेदवारी आह्वान गर्दा अधिकारीको एकल उम्मेदवारी…

गण्डकी साहित्य संगममका अध्यक्षमा भीम रानाभाट

साहित्यकार भीम रानाभाट गण्डकी साहित्य संगममका अध्यक्ष बनेका छन्। संगमको १५ औं साधारण सभा तथा अधिवेशनबाट साहित्यकार रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका हुन्। संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिवमा नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन्। त्यसैगरी, नयाँकार्य समितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय छन्। ११ सदस्यीय कार्यसमितिमा…

पूर्ण स्मृति सम्मान तथा पुरस्कारका लागि प्रतिभाहरु छनोट गरियो

तनहुँ मिडिया नेटवर्क प्रालिद्धारा सञ्चालित शुक्लागण्डकी एफएम ९७.६ मेगाहर्जका अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित पूर्ण स्मृति शुक्लागण्डकी एफएम सम्मान तथा पुरस्कारका लागि सम्मानित व्यक्ति छनौट गरिएको छ। पहिलो पटक प्रदान गर्न लागिएको सम्मानमा पत्रकारितातर्फ अग्रज पत्रकार विश्वबन्धु भण्डारी, साहित्यतर्फ शेषमणि आचार्य र समाजसेवातर्फ भक्तबहादुर रिमाल छनौट भएका छन्। पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०/१०…

गण्डकी प्रदेशसभाको समानुपातिकमा एमालेबाट १० सांसद छानिए

नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन भएका गण्डकी प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको छ। शनिबार एमालेले चयन गरेका १० सांसदमा कास्की र बागलुङका नेताहरुको बर्चस्व छ। समानुपातिकमा खसआर्य महिलातर्फ यशोदा रिमाल (लजमुङ) र देवका पहाडी (कास्की) छन् भने खसआर्य पुरुषतर्फ कृष्णप्रसाद पाठक (बाग्लुङ) र प्रकाशबहादुर केसी (कास्की) छन्। त्यस्तै, आदिवासी जनजाति महिलातर्फ विनाकुमारी थापा (बाग्लुङ) र…

स्याङ्जा–२ बाट नेपाली काँग्रेसका धनराज गुरुङ विजयी

स्याङ्जा जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (२) बाट नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ विजयी बनेका छन्। शनिबार राति अबेर सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी पद्मा अर्याललाई गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका नेपाली धनराजले ५ हजार, ६२७  मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। अन्तिम नतिजा अनुसार गुरुङले ३१ हजार ४६६ मत ल्याउँदा…