राजनीति »

जनमतको कदर गर्दै सेवामा खटिरहन्छु: बराल

कास्की क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले जनमतको उच्च कदर गर्दै सेवामा खटिरहने प्रतिवद्वता व्यक्त गरेका छन्। झुटो कुरा नगर्ने र सक्ने कुरा मात्र गर्ने भन्दै उनले जनपक्षिय काम गर्ने बताए। शुक्रबार पोखरा–२९ मा घरदैलो र मतदातासँग भेटघाट गर्ने क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई प्राथमिकता दिदै भूमिहीन सुकुम्बासीलाई लालपूर्जा उपलब्ध गराउन प्रयास…

अधिकार दिनुहोस कर्तव्य पूरा गर्दछौ: विद्या भट्टराई

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पूरा गर्ने बताएकी छन्। मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको क्रममा घरदैलो कार्यक्रममा उनले जनताको भोटको कदर गरी आवश्यक नीति निर्माणसँगै आफ्नो क्षेत्रको विकासमा इमान्दरपूर्वक लाग्ने प्रतिवद्धता जनाइन्। पोखरामा थपिएका नयाँ वडाहरुमा स्थानीयको…

विदेशमा काम होइन, बजार खोज्छौं: मीना

कास्की क्षेत्र नम्वर २ (२) बाट एमालेकी उम्मेदवार मीना गुरुङले एमालेकै नेतृत्वमा देशको समृद्धि संभव हुने बताएकी छन्। पोखरा–११ का विभिन्न टोलका मतदातासँग मत माग्दै गुरुङले एमाले नेतृत्वको सरकारले गरेका कामको उदाहरण दिइन्। अब बन्ने सरकारले देशमा उत्पादनका संभावना खोज्ने उनको भनाई थियो। उनले भनिन्, ‘सधैं अरुकै भरले देश चल्दैन। अब, नेपालमै उत्पादन बढाएर विदेशमा…

अनलाइनमा दल र उम्मेदवारले चुनावी विज्ञापन गर्न पाइने

निर्वाचन आयोगले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले अनलाइनमा विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने जनाएको छ। निर्वाचन आचारसंहिता, २०७९ को अधीनमा रही राजनीतिक दल तथा उम्मेदवारले सूचना तथा प्रसारण विभागमा दर्ता भइ प्रेस काउन्सिल नेपालमा सूचीकृत भएका अनलाइन संचारमाध्यमबाट प्रचार–प्रसार गर्न पाउने निर्णय…

अर्मलाकोटसम्म पुग्ने सडकको स्तरोन्नति, बाह्रै मास सवारी चल्ने बनाउनुछ: विन्दु थापा

कास्की क्षेत्र नं. २ (२) बाट प्रदेश सभा सदस्यका रुपमा उम्मेदवारी दिएका विन्दुकुमार थापाले अर्मलाकोटसम्म पुग्ने सडक स्तरोन्नति गरी बाह्रै मास सवारी चल्ने बनाउने बताएका छन्। विहिबार घरदैलो गर्दै पोखरा–१६ अर्मलाकोटका मतदाहरुमाझ पुगेका थापाले आफू निवार्चित भएपछि अर्मलाकोटको सडक निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने बताए। ‘अर्मलाकोटको समस्या भनेकै सडक हो। यहाँ बाह्रै मास सवारी चल्न सक्ने…

विन्दु थापा भन्छन्, ‘पोखरामा अन्तराष्ट्रिय सम्मेलन केन्द्र, मौजामा हाइअल्टिच्युडको खेल मैदान’

कास्की क्षेत्र नम्बर २ (ख) का कांग्रेस उम्मेद्वार विन्दुकुमार थापाले पोखरामा अन्तराष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माणको पहल गर्ने प्रतिबद्धता जनाएका छन्। यसअघि, प्रदेश सरकारले हरेक बजेटमा रकम राखेरपनि काम अघि बढाउन नसकेको सम्मेलन केन्द्र आगामी ५ वर्षभित्र निर्माण गर्न आफूले पहल गर्ने थापाले बताए। ‘गण्डकी प्रदेशको राजधानी पोखरामा अन्तर्राष्ट्रियस्तरको सम्मेलन केन्द्र निर्माण गर्न योजनालाई मूर्त रुप…

डिजिटल गण्डकी प्रदेश निमार्णमा लाग्नेछु: थापा

गण्डकी प्रदेश सभा क्षेत्र २ ‘ख’ का प्रत्यक्ष उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशलाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने बताएका छन्। गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका १६ मा मतदातासँग भेटघाट गर्दै डिजिटल गण्डकी प्रदेश निमार्ण लाग्ने बताएका हुन्। स्थानीयको समस्या बुझ्न हरेक मतदाताको घरमै पुगेका थापाले सुशासन, पारदर्शिता र भ्रष्टचारमा शून्य बनाउने लक्ष्य सहित…

भोट पहिला, नेतृत्व महिला

नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले समाजका हरेक असमानताको अन्त्य गरि सुदृढ र समुन्नत समाज निर्माणका लागि आप्mनो उम्मेदवारी रहेको बताएकी छन् । सञ्चारिका समुह गण्डकी प्रदेशको आयोजनामा मंगलवार पोखरामा आयोजित कास्की जिल्लाका महिला उम्मेदवारसँग मंसीर ४ निर्वाचन विशेष अन्तर्गत ‘भोट पहिला, नेतृत्व महिला’ विषयक अन्तरक्रिया…

समृद्धि गाउँबाटै सुरु हुन्छ : मीना गुरुङ

एमाले नेतृ मीना गुरुङले समृद्धि गाउँबाटै सुरु हुने बताइन्। उनले नयाँ नेपालको जग गाउँ भएको उल्लेख गरिन्। कास्की २ (२) की उम्मेदवार गुरुङले केही पूर्वाधार बनिसकेका सहरमा योजनाबद्ध विकास र ग्रामीण क्षेत्रमा पूर्वाधार र अवसर पुर्‍याउनुपर्नेमा जोड दिइन्। ‘समृद्धिको सपना साकार पार्न सकिन्छ’, उनले भनिन्। मंगलबार पोखरा–२० भलाममा चुनावी प्रचारमा गएकी उनले मतदातामाझ यस्तो प्रतिवद्धता…

गाउँ फर्क अभियान सुरु गर्नुपर्छ: विन्दुकुमार थापा

नेपाली कांग्रेस क्षेत्र २ (२) का प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले अब गाउँ फर्क अभियान संचालन गर्न आवश्यक रहेको बताएका छन्। गठबन्धनबाट उम्मेदवार बनेको थापाले पोखरा २० लामडाँडामा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै भने, ‘युवालाई विदेश तथा सदरमुकामतर्फ जान रोक्नुपर्छ। गएकालाई समेत गाउँमै फर्काउनका लागि गाउँ फर्क अभियान संचालनमा जोड दिनुपर्छ।’ थापाले भलाम कृषि पकेट…