१३ औं सागमा नेपाललाई कीर्तिमानी ५१ स्वर्ण

भारतले सर्वाधिक १७४ स्वर्ण, ९३ रजत तथा ४५ कांस्य गरि सबैभन्दा बढी ३१२ पदक, नेपालले ५१ स्वर्ण जित्दा ६० रजत तथा ९५ कांस्य हात पार्न सफल भयो । नेपालका लागि २ सय ६ वटा पदक जित्यो

जनसम्मत
मंसिर २५, २०७६, बुधबार

 

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा नेपालले ५१ स्वर्ण जितेको छ ।

यस सागमा १७ वर्षीया गौरिका सिंहका लागि ऐतिहासिक बन्यो । पौडीमा गौरिका एक्लैले चार स्वर्ण जितिन् । उनले नेपाललाई ३ रजत र २ कांस्य समेत दिलाइन् । उनी एक्लैले ९ वटा पदक जितेर इतिहास रचिन् ।

दुई छोराकी आमा आयशा शाक्यले तेक्वान्दोमा नेपाललाई २ स्वर्ण पदकको योगदान दिइन् । कराँतको कातामा मण्डेकाजी श्रेष्ठले पनि २ स्वर्ण जिते । यसपटक सबैभन्दा बढी पदक तेक्वान्दोले दिलायो । तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण हात लाग्यो ।

दोस्रोमा नेपाललाई कराँतबाट ९ स्वर्ण हात पा¥यो । चौंथोमा उसुले ६ स्वर्ण दिलायो । नेपालका लागि पौडीबाट ४, साइक्लिङबाट ४, एथलेटिक्स र बक्सिङबाट समान ३/३ स्वर्णको बाजी मा¥यो ।

बक्सिङमा २० वर्षपछि नेपाललाई स्वर्ण हात लाग्यो । नेपालका लागि २० वर्ष पछि नै एथलेटिकसको म्याराथनमबाट नेपाललाई २ स्वर्ण मिल्यो । एथलेटिक्सको मध्यम दूरीमा नेपालले ऐतिहासिक स्वर्ण जित्यो ।

यस संस्करणको कुस्तीमा पनि नेपालले स्वर्ण पदकमा बाजी मा¥यो । कुस्ती, पौडी, ट्रायथलन, साइक्लिङबाट पहिलोपटक नेपालले स्वर्ण जित्यो । यस पटक नेपाली खेलाडीहरुले विभिन्न स्पर्धामा राष्ट्रिय कीर्तिमान समेत बनाए । एथलेटिक्स र पौडीमा राष्ट्रिय कीर्तिमान बनेको छ ।

स्वर्णधारी नेपाली खेलाडी

 

तेक्वान्दोमा नेपाललाई १२ स्वर्ण दिलाएका खेलाडीहरुमा गोविन्द आले पुम्से ५८ केजी, कमल श्रेष्ठ पुरुष एकल, आयशा शाक्य २९ वर्षमाथिको पुम्से, आयशा शाक्य र सञ्जीवकुमार ओझा २९ वर्षमाथिको मिक्स पुप्से, पार्वती गुरुङ २३ देखि २९ वर्ष पुम्से छन् ।

त्यसैगरि, सीना मादेन लिम्बु १७ देखि २३ वर्ष पुम्से, नीता गुरुङ, प्रशंसा क्षेत्री र सुशीला राई २३ वर्षमाथिको स्पर्धा, वीरबहादुर महरा, पुरुष ६८ केजी मुनी, काजल श्रेष्ठ ४६ केजी महिला, संगिता बस्याल ६२ केजी महिला, सक्षम कार्की ८७ केजी पुरुष, भुपेन श्रेष्ठ पुरुष ८७ केजी छन् ।

कराँतेमा नेपाललाइ ९ स्वर्ण पदक दिलाएका खेलाडीहरुमा मन्डेकाजी श्रेष्ठ पुरुष काता, लक्ष्मण तामाङ ५४ केजी, निर्मला तामाङ, संगिता मगर र सरु कार्की महिला टिम काता छन् ।

त्यसैगरि, मन्डेकाजी श्रेष्ठ, महसुस तामाङ र प्रवीण महर्जन पुरुष टिम काता, विप्लव लाल श्रेष्ठ स्वर्ण ८४ केजी तौलमाथि, कुसुम खड्का ४५ केजी कुमुते, अनु अधिकारी ५० केजी कुमुते, नविन रसाइली ६७ केजी पुरुष कुमुते, सुनिता महर्जन ६७ केजी महिला कुमिते छन् ।

उसुतर्फ ६ स्वर्ण पदक प्राप्त खेलाडीहरुमा विजय सिञ्जाली थाउलो, सुस्मिता तामाङ थाउलो, दिपक हमाल थाउलो नानगुन, विजय सिंजाली र सुष्मिता तामाङ थाउलो, जुनी राई महिला ५६ केजी, निमा घर्तीमगर नन्डाओ अल राउन्ड छन् ।

जुडोतर्फ नेपालले २ स्वर्ण हात पा¥यो । जुडोमा  देविका खड्काले महिला ४५ केजी र पुनम श्रेष्ठले महिला ७८ केजीमा स्वर्ण पदक हात पारे ।

साइकलिङमा नेपाललाई ४ स्वर्ण दिलाएका खेलाडीहरुमा निष्मा श्रेष्ठ महिला डाउनहिल, राजेश मगर पुरुष डाउनहिल, बुद्धिबहादुर तामाङ पुरुष क्रस कन्ट्री, लक्ष्मी मगर महिला क्रस कन्ट्री छन् ।

पौडीमा गौरिका एक्लैले महिलाको २०० मिटर फ्रिस्टाइल, महिलाकै २०० मिटर ब्याकस्ट्रोक, महिला ४०० मिटर फ्रिस्टाइल र महिलाकै १०० मिटर फ्रिस्टाइलमा स्वर्ण पदक दिलाएकी हुन् ।

एथलेटिक्सतर्फ सन्तोषी श्रेष्ठले महिला १० हजार मिटर, गोपी चन्द पार्कीले पुरुष ५ हजार मिटर र किरणसिंह बोगटीले म्याराथनतर्फ नेपाललाई ३ स्वर्ण पदक दिलाए । बक्सिङमा ३ भूपेन्द्र थापामगर पुरुष ६४ केजी, मिनु गुरुङले महिला ५४ केजी र सनिल शाहीले पुरुष ६० केजीमा नेपालका लागि स्वर्ण पदक जिते ।

ट्रायथलन महिलामा सोनिका गुरुङले १ स्वर्ण जितिन् । दुआथलनमा हिमाल टमटाले पोखराबाट नेपाललाई १ स्वर्णको योगदान दिए । भारोत्तोलनमा राष्ट्रका लागि सञ्जु चौधरीले महिला ५९ केजी र विकास थापाले ८९ केजीमा गरी २ स्वर्ण पदक थपे ।

कुस्तीको महिला ५५ केजीमा संगीता धामीले १ स्वर्णको योगदान गरिन् । गल्फको ब्यक्तिगत ईभेन्टमा सुवास तामाङले र टिम इभेन्टमा सुवास तामाङ, शुक्रबहादुर राई, टंकबहादुर कार्की र निरज तामाङले २ स्वर्ण जोडे । पुरुष फुटबलमा नेपाललाई १ स्वर्ण पदक हात लाग्यो ।