शिक्षा-स्वास्थ्य »

पोखरामा सकियो राष्ट्रिय युवा नीतिको प्रादेशिक कार्यशाला

राष्ट्रिय युवा नीति–२०८२ र आगामी युथ भिजनका लागि पोखरामा सोमबार प्रादेशिक कार्यशाला सम्पन्न भएको छ। जागृति बाल तथा युवा सरोकार नेपालले ब्रिटिस काउन्सिलको सहयोग र राष्ट्रिय युवा परिषद्को सहकार्यमा सम्पन्न कार्यशालाका सहभागीहरुले युवा सहभागिता अभिवृद्धि गर्नुपर्नेमा जोड दिए। त्यसैगरी, युवामैत्री शासन अभिवृद्धिका लागि नेपालका अन्य प्रदेशहरुमा जस्तै गण्डकी प्रदेशमासमेत प्रदेश युवा परिषद् बनाउन युवा सरोकारवालाहरुले…

संस्कृत माध्यमिक विद्यालयले मनायो १२५ औं अभिभावक दिवस

गण्डकी प्रदेशकै जेठो संस्कृत माध्यमिक विद्यालय, पोखराले १२५ औं अभिभावक दिवस मनाएको छ। पोखरा महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले एक समारेहबीच अभिभावक दिवसको उद्घाटन गरे। महाशाखा प्रमुख आचार्यले कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको ऐतिहासिक यस विद्यालयले पछिल्ला वर्षमा शैक्षिक गुणस्तर बढाउँदै गएको उल्लेख गरे। विद्यालयलाई महत्वपूर्ण शैक्षिक गन्तव्यका रुपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए।…

प्राज्ञ हरिदेवी कोइरालालाई एन प्याब्सन कास्कीद्वारा शिक्षा/साहित्यसेवा सम्मान

नेसनल प्याब्सन कास्कीले विविध कार्यक्रमको आयोजना गरि आइतबार २७ औँ स्थापना दिवस मनाएको छ। कार्यक्रममा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई संस्थाले यस वर्षको शिक्षा/साहित्यसेवा सम्मान–२०८२ बाट सम्मान गरेको छ। कोइरालालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष याम खड्का, उपाध्यक्ष रामबहादुर मोची, उपाध्यक्ष विष्णु पराजुली र कास्कीका अध्यक्ष हेमन्त…

एन प्याब्सन कास्कीले २७ औँ स्थापना दिवस मनाउँदैं

नेसनल प्याब्सन कास्कीले आफ्नो २७ औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ। आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरी शिक्षा/साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो। कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र…

कास्कीकोटको सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्ती मनाउँदैं

पोखरा–२४ को कास्कीकोटस्थित सिद्ध बराह आधारभूत विद्यालयले हिरक जयन्ती मनाउँदैंछ। वि.स. २०२३ मा स्थानीय समुदायको सामूहिक श्रम र लगनशीलता एवं शिक्षाप्रतिको गहिरो प्रतिबद्धताबाट स्थापना भएको विद्यालय ६० वर्ष पुगेपछि विद्यालयले आफ्नो हिरक जयन्ती मनाउन लागेको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो। पत्रकार सम्मेलनमा पूर्व विद्यार्थी लोकनाथ सुवेदीले पूर्व विद्यार्थीहरुको सकृयतामा विद्यालयका हिरक जयन्ती…

कालिका माविले मेयर कप तथा १६ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड जित्यो

पोखराको रामबजारस्थित कालिका माविले १६ औं संस्करणको राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता च्याम्पियन बनेको छ। कालिकाले प्रतियोगिताको ८ स्वर्ण, ६ रजत र ३ कास्यसहित कुल १७ पदक हात पार्दै च्याम्पियन बनेको हो। यस्तै, शहीद स्मृति मावि दोस्रो बन्यो। सहिद स्मृतिले ६ स्वर्ण, ५ रजत र ४ कास्यसहित कुल १५ पदक…

पोखरामा १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप पुसको ९ गतेदेखि

पोखरामा पुसको ९ गतेदेखि १६ औं राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुँदैछ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको सोमबार आयोजक पोखरा महानगर खेलकुद विकास समितिले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। जसअनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन्। पोखरा महानगर खेलकुद विकास…

वर्ल्ड पावर लिफ्टिङका च्याम्पियन शर्मिला शाहलाई (हिसान) कास्कीको सम्मान

वर्ल्ड पावर लिफ्टिङका च्याम्पियन शर्मिला शाह पोखरामा सम्मानीत भएकी छन्। वर्ल्ड पावर लिफ्टिङमा महिलातर्फ च्याम्पियन बन्न सफल खेलाडी शाहलाई उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले सम्मान गरेको हो। हिसान कास्कीले आयोजना गरेको १८ औँ संस्करणको हिसान स्पोर्ट्स् मिटको औपचारीक उद्घाटनको अवसरमा उनलाई सम्मान गरिएको हो। गण्डकी विश्वविद्यालयका कुलपति प्राध्यापक डा. ईन्द्रप्रसाद तिवारी,…

१८ औं संस्करणको हिसान कास्की स्पोर्ट्स् मिट सुरु

१८ औं संस्करणको हिसान कास्की स्पोर्ट्स् मिट–२०८२ बिहीबारबाट अनौपचारिक रुपमा सुरु भएको छ। पोखरा रंगशालामा सुरू हिसान स्पोर्ट्स् मिट अन्तर्गत पहिलो दिन छात्र भलिबल र बास्केटबलका खेलहरु सुरू भएका छन्। पहिलो दिन भलिबल छात्रतर्फ ८ खेलहरु सम्पन्न भएका छन्। बिहीबार भएको खेलमा पश्चिमाञ्चलले करुणानिधि माविलाई २५–१७, २५–२० ले, माउन्ट अन्नपूर्णले हिल पोइन्टलाई २५–११, २५–१६ ले,…

१८ औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स् मिट’ को तयारी पूरा

पोखरामा यही पुस ३ गतेदेखि ७ गतेसम्म १८ औं संस्करणको ‘हिसान कास्की स्पोर्ट्स् मिट’ हुँदैछ। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले पोखरामा १८ औं संस्करणको हिसान स्पोर्ट्स् मिट हुने भएको हो। विहीबार आयोजित पत्रकार सम्मेलनमार्फत (हिसान) कास्कीले स्पोर्ट्स् मिटको तयारी पूरा भएको जनाएको छ। स्पोर्ट्स् मिटअन्तर्गत छात्र/छात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबुल…