समाचार »

पत्रकारहरु रुद्रबहादुर र इन्दिरालाई कर्म-कर्ण पत्रकारिता पुरस्कार

पोखरामा कृयाशील पत्रकारहरु रुद्रबहादुर थापा (हितान) मगर र इन्दिरा गुरुङलाई कर्म-कर्ण पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले स्थापना गरेको कर्म-कर्ण आदिवासी जनजाति पत्रकारिता पुरस्कार अन्तर्गत रुद्रबहादुरलाई बर्ष-२०८२ को र इन्दिरालाई बर्ष-२०८३ को सो पुरस्कार प्रदान गरिएको हो । ४ दशक बढी पत्रकारितामा संलग्न रुद्रबहादुर र भाषागत पत्रकारितामा संलग्न इन्दिरालाई…

पत्रकार महासंघ युकेले १५ औँ स्थापना दिवस मनायो

नेपाल पत्रकार महासंघ (एफएनजे) युके शाखाले विविध कार्यक्रमका गरी हर्षोल्लासका साथ आफ्नो १५ औँ स्थापना दिवस मनाएको छ। बेलायतको अल्डरसटस्थित एम्पायर हलमा शुक्रबार कार्यक्रमको आयोजना गरी शाखाले आफ्नो स्थापना दिवस मनाएको हो। प्रमुख अतिथि एवं वरिष्ठ पत्रकार भगिरथ योगी, संस्थाकी अध्यक्ष विमला सेने, संस्थाका सल्लाहकार, पूर्वअध्यक्षलगायतले संयुक्त रूपमा केक काटेर शाखाको १५ औँ स्थापना दिवस…

पत्रकार मीना थापामगरलाई कौराहा संरक्षण पत्रकारिता पुरस्कार

पत्रकार मीना थापामगर ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार-२०८३’ बाट पुरस्कृत भएकी छन्। राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिले पत्रकार थापामगरलाई यस वर्षको सो पुरस्कार प्रदान गरेको हो। गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले पत्रकार थापामगरलाई सम्मानपत्र र घलेकीलेसहित पुरस्कार राशि नगद १५ हजार रुपैयाँ प्रदान गरे। फोनिज गण्डकीका इन्चार्ज रुद्र श्रीसमगरको संयोजकत्वमा गठित प्रतिभा छनौट…

सरकारका पछिल्ला गतिविधिप्रति पत्रकार महासंघको आपत्ति

सरकारका पछिल्ला गतिविधिप्रति नेपाल पत्रकार महासंघको आपत्ति जनाएको छ। लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने नियतका साथ सरकारका पछिल्ला गतिविधिप्रति महासंघले आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षणसमेत गराएको हो। महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सरकारी संचारमाध्यमहरूमा लामो समयदेखि कार्यरत श्रमजीवी पत्रकारहरूलाई निष्कासन गर्ने नियतका साथ भइरहेका सरकारका पछिल्ला गतिविधिप्रति नेपाल पत्रकार महासंघको गम्भीर…

पत्रकार महासंघको राष्ट्रिय सम्मेलन सकियो

नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलन ललितपुरमा सकिएको छ। प्रदेश पदाधिकारी, जिल्ला शाखा, प्रतिष्ठान तथा एशोसिएट अध्यक्षहरूको सहभागितामा सम्पन्न सम्मेलनले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, श्रमअधिकार तथा संचार क्षेत्रका समसामयिक चुनौतीलाई समेट्दै ९ बुँदे घोषणापत्रसमेत जारी गरेको छ। सम्मेलनले पछिल्लो समय सूचना प्रवाहमा देखिएको संकुचन, आत्मनियन्त्रणको बढ्दो प्रवृत्ति, सरकारी सूचना तथा विज्ञापन वितरणमा विभेद, पत्रकारमाथि हुने असुरक्षा…

प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिवद्ध छ: संचारमन्त्री तिमिल्सिना

संचार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले प्रेस स्वतन्त्रता संकुचन गर्ने कुनै मनसाय नराखेको औंल्याएका छन्। नेपाल पत्रकार महासंघको आइतबार सुरु राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री तिमिल्सिनाले भने, ‘सरकार लोकतन्त्रको आधारस्तम्भका रूपमा रहेको प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ।’ उनले सरकारका पहिलो १०० दिन नागरिकलाई परिणाममुखी काम देखाउन केन्द्रीत रहेको उल्लेख गरे। उनले प्रेस स्वतन्त्रता…

पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार’ प्रदान

पोखरामा क्रियाशील पत्रकार भरत कोइरालालाई ‘लेखनाथ आर्थिक पत्रकारिता पुरस्कार-२०८३’ प्रदान गरिएको छ। लेखनाथ उद्योग वाणिज्य संघको ३० औं स्थापना दिवसका अवसरमा शनिबार आयोजित एक समारोहमा कोइरालालाई गण्डकी प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमाल, संघकी अध्यक्ष जानुका पराजुली र प्रतिभा छनोट समितिका संयोजक बाबुराम गिरीले पुरस्कारसहित सम्मानपत्र प्रदान गरे। पुरस्कार राशि १५ हजार ८८ रुपैयाँ…

गण्डकी मिडिया समिटमा ‘पत्रकारितामा एआई’ को बहस

पत्रकारितामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे पोखरामा शनिबारसंवाद गरिएको छ। सेसनका वक्ताले एआईबिनाको न्यूज रुमको कल्पना गर्न नसकिने तर्क गरे। प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश आयोजनामा गण्डकी मिडिया समिट-२०८३ समारोहमा ‘पत्रकारितामा एआई’ बारे बहस चलइएको हो। बहसमा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआईका विज्ञ दोभान राई र संचारउद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारी वक्ताहरु थिए।…

गण्डकी मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ बारे बहस

नेपालका मिडिया यतिखेर आर्थिक दृष्टिकोणले धरासायी बन्दैछ। एकातर्फ, सरकारी विज्ञापन सरकारी संचारमाध्यममा मात्रै प्रकाशन गर्नुपर्ने सरकारको नीति त छँदैछ। अर्कोतर्फ, डिजिटल मिडियाका कारण परम्परागत मिडियाको अस्तिस्व थप संकटमा छ। यसै सन्दर्भमा, पोखरामा शनिबार मिडिया समिटको आयोजना गरियो। मिडिया समिटमा ‘मिडियाको अर्थतन्त्र’ बारे गहन छलफलसमेत भएको छ। प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा गण्डकी मिडिया समिट-२०८३…

पत्रकारहरुलाई सत्य लेख्न र बोल्न कसैले छेक्न पाउँदैन

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पत्रकारहरुलाई सत्य लेख्न र बोल्न कसैले छेक्न नसक्ने औंल्याएका छन्। पोखरामा शनिबार प्रेस रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको ‘मिडिया सम्मिट-२०८३’ को उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले भने, ‘म स्वतन्त्र प्रेसको पक्षमा छु। ‘प्रेस स्वतन्त्र हुनुपर्छ भन्नेमा दुईमत छैन । सत्य बोल्ने र सत्य लेख्न कसैले छेक्न पाइँदैन। आज प्रविधिसँगसँगै आमसंचार…