मनोरन्जन »

पोखरामा महाशिवरात्रि विश्व संगीत महोत्सव सुरु

पोखरामा महाशिवरात्रि विश्वसंगीत महोत्सव सुरु भएको छ। नमस्ते ब्यान्डको आयोजनामा भोली (शनिवार)सम्म लेकसाइडको बाराहीघाटमा हुने महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शुक्रवार उद्घाटन गरेका हुन्। ब्यान्डका अध्यक्ष एवं महाशिवरात्रि विश्वसंगीत दिवसका परिकल्पनाकार ईश्वर गुरुङका अनुसार ३४ वर्ष अगाडि स्थापना भएको नमस्ते ब्यान्डले आयोजना गरेको ३४ औँ महाशिवरात्रि विश्व संगीत महोत्सवमा मर्करी ब्यान्ड, पिस जोन ब्यान्ड,…

पोखरामा माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने

पोखरामा असोजको पहिलो साता माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ। नेपाल तेक्वान्दो संघको आयोजनामा गण्डकी प्रदेशको राजधानी पोखरामा आउँदो असोजको ५ देखि ९ गतेसम्म तेस्रो संस्करणको माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता हुने आज (आइतबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । अन्तर्राष्ट्रिय तेक्वान्दो संघले स्वीकृत प्रदान गरेपछि पोखरामा प्रतियोगिताको तयारी तीव्र…

‘मन जलेर गयो परानी’ लोकगीतको म्युजिक भिडियो सार्वजनिक

लोकगीत ‘मन जलेर गयो परानी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। ‘बन जलेर भयो खरानी, साइली मन जलेर गयो परानी’ बोलको म्युजिक भिडियोलाई शुक्रबार मात्रै जीबी सुनारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको शब्द, लय र संगीत संयोजन पनि उनै जीबी सुनारले नै गरेका छन्। म्युजिक भिडियोमा लिल हमाल (आकास), अन्जना सुनार, हरिभद्र घिमिरे,…

गण्डकी प्रदेश सरकारले सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट छुट्टायो

गण्डकी प्रदेश सरकारले पोखरा बाटुलेचौरका संगीतकार सुन्दर थापाको स्मृतिमा गठन गरिने सुन्दर थापा स्मृति प्रतिष्ठानका लागि २५ लाख बजेट विनियोजन गरेको छ। चाँडै नै गठन हुन गइरहेको थापाको स्मृति प्रतिष्ठानका लागि प्रदेश सरकारले बजेट छुट्टाएको हो। अब चाँडै प्रतिष्ठान गठन गरेर गीत÷संगीतको क्षेत्रमा काम गर्नका लागि बजेट विनियोजन गरिएको प्रदेश सरकारका प्रवक्ता एवं विज्ञान, प्रविधि…

दीपक बज्रचार्यले ल्याए, ‘एक अर्कासँग मिलौं, चक्रव्युह तोडेर जितेर अघि बढौं’ बोलको लक–डाउन गीत

पोखरा । गायक दीपक बज्रचार्य र उनको ‘रिदम ब्यान्ड’ हाल क्वारेन्टाइनमा छन् । सरकारले देशभर लक–डाउनको घोषणा गरिरहँदा बज्राचार्यले भने फेसबुक लाइभमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाइरहेका छन् । यसैबीच, मनोरञ्जनसँगै उनले सामाजिक सञ्जालमार्फत कोरोनाबारे सचेत पनि गराइरहेका छन् । हालै बज्रचार्यले युट्युबमार्फत ‘लक–डाउन .., लक–डाउन’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । जसमा उनले कोरोनाको संक्रमण…

कास्की मोडर्नाज्डका रोशन घर्तीमगर बने, हिसान कास्की लोकनृत्य आइडल

पोखरा । कास्की मोडर्नाइज्ड एकेडेमीका रोशन घर्तीमगर प्रथम हिसान कास्की आइडल बनेका छन् । यसको साथै रोशनले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) कास्कीले आयोजना गरेको दोस्रो हिसान कास्की लोकनृत्य प्रतियोगिताको उपाधि जितेका छन् । उपाधिसँगै रोशनले २० हजारसहित ट्रफी र प्रमाणपत्र हात पारे । प्रतियोगितामा न्यू लाइट सेकेन्डरी स्कुलकी अन्जना गुरुङ फस्ट रनर–अप…

शशिकलाले पहिरिन् मिस तामाङ पोखराको ताज

पोखरा । लेकसाइडकी शशिकला तामाङले पाँचौ संस्करणको मिस तामाङ पोखराको उपाधि जितेकी छिन् । पोखरामा शनिबार भएको ग्राण्ड फिनालेमा १६ प्रतिस्पर्धीलाई पछि पार्दै शशिकलाले ताज पहिरिन सफल भएकी हुन् । शशिकलाले मिस ट्यालेण्टको टाइटल समेत जितेकी छन् । जितसँगै उनले १ लाख, ताज, ट्रफी, प्रमाणपत्र र म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु हात पारिन…

‘लप्पन छप्पन–२’ को टिजर सार्वजनिक

पोखरा । चलचित्र ‘लप्पन छप्पन–२’ को अफिसियल टिजर सार्वजनिक गरिएको छ । चलचित्रको आगामी बैशखको १२ गतेदेखि रिलिज मिति तोकिएको छ । चलचित्रको टिजरमा फिल्मका केही मुख्य अंश समेटिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्राथमिकता पाएको छ । कलाकारहरुको एक्सन र पैसाको चलखेलको बिषयवस्तुमा चलचित्र निर्माण भएको टिजरमा देखाइएको छ…

शनिबार मिस तामाङ पोखराको ग्राण्ड फिनाले

पोखरा । पोखरामा पाँचौ संस्करणको मिस तामाङ हुने भएको छ । पोखरा सभागृहमा शनिवार दिउँसो हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक बैदाम तामाङ सेवा समाजले पोखरामा पत्रकार सम्मलेन गरी जानकारी दिएको हो । समाजका अध्यक्ष ज्याक तामाङले हरेक बर्ष सोनाम ल्होसारको अवसरमा आयोजना गर्दै आइरहेको ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले माघ…

कामना फिल्म अवार्ड वितरण, नीर शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड (हेर्नुहोस, फोटो फिचरसहित)

पोखरा । नेपाली सिने क्षेत्रको विभिन्न विधामा कामना फिल्म अवार्ड–२०७६ वितरण गरिएको छ । प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कूल ३५ विधामा अवार्ड प्रदान गरिएको हो । समारोहमा लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो । जसमा जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडिएको थियो । वरिष्ठ फिल्मकर्मी नीर शाहलाई ‘कामना लाइफ…