राजनीति »

प्रेस सेन्टर नेपालको १९ औं वार्षिक साधारण सभा काठमाडौंमा सुरु

प्रेस सेन्टर नेपालको १९ औ वार्षिक साधारण सभा तथा कृष्णसेन इच्छुक स्मृति दिवस काठमाडौंमा सुरु भएको छ। काठमाडौंको शंखरापुर नगरपालिकामा आज (शनिबार)देखि सुरु भएको वार्षिक साधारण सभा तथा स्मृति दिवस आइतबारसम्म चल्नेछ। साधारण सभा तथा स्मृति दिवसको प्रधानमन्त्री एवम नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन्। साधारण सभा तथा स्मृति दिवसमा प्रेस…

‘इच्छुक’ स्मृति दिवसमा प्रेस सेन्टरको प्रभातफेरि

२१ औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका अवसरमा प्रेस सेन्टर नेपालले आज (शनिबार) राजधानीमा प्रभातफेरि आयोजना गरेको छ। १९ औँ केन्द्रीय साधारणसभाको अवसरमा सेन्टरले कार्यक्रमस्थल शंखरापुर नगरपालिकाको साँखुमा प्रभातफेरि आयोजना गरेको हो। प्रभातफेरिमा सेन्टरका केन्द्रीय नेतृत्वलगायतको सहभागिता थियो। प्रेस सेन्टरले प्रत्येक वर्ष जेठ १३ गतेका दिन कवि, पत्रकार तथा लेखक इच्छुकको स्मरणमा विविध कार्यक्रमको आयोजना…

प्रेस युनियन कास्कीको अध्यक्षमा मिश्र

नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र निर्वाचित भएका छन्। युनियनको दशौं अधिवेशनले मिश्रलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। युनियनको उपाध्यक्षमा विजय लम्साल, महिला उपाध्यक्षमा ज्योती हमाल, सचिवमा धनबहादुर गुरुङ (सुमन) छन्। यसैगरी, कोषाध्यक्षमा निराजन अधिकारी, सह–सचिवमा सपना अधिकारी छन्। त्यस्तै, कार्यसमिति सदस्यहरुमा अजय क्षत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, सञ्जय आचार्य, शिवप्रसाद न्यौपाने, अभिनन्दन वजिमय,…

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले लिए विश्वासको मत

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। वैशाख १४ गते गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नियुक्त भई १५ गते शपथ लिएका पाण्डेले मागेको विश्वासको मतको पक्षमा ३५ जनाले मत दिएका छन् भने विपक्षमा २२ मत परेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका २ सासंद तटस्थ रुपमा वसेका छन्। पाण्डेलाई आफ्नै दल नेपाली…

उपचुनावः बारा–२ बाट जसपा अध्यक्ष उपेन्द्र विजयी

प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र–२ बाट जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव विजयी बनेका छन्। गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई ५ हजार ८१ मतान्तरले पराजित गर्दै उनी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार…

उपचुनावः चितवन–२ बाट रवि लामिछाने विजयी

चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रवि लामिछाने विजयी भएका छन्। वैसाख १० गते भएको उपनिर्वाचनमा लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरी चितवनबाट दोस्रो पटक विजयी भएका हुन्। उनले ४२ हजार ९६२ मतान्तरले प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पछाडि पार्दैै लामिछानेले जीत हात पारेका हुन्। जितनारायण श्रेष्ठले…

उपचुनावः तनहुँ–१ मा स्वर्णिम वाग्ले विजयी

प्रतिनिधिसभा उपनिर्वाचन अन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको शानदार जीत भएको छ। स्वर्णिमले ३४ हजार ९१९ मतसहित विजय हात पारेका हुन्। उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत मात्र पाए। वाग्ले र भट्टराईबीचको मतान्तर १४ हजार ७९७ छ। नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाए। मंसीर ४…

३ महिनामा ७ पटक मन्त्रीमण्डल पुनर्गठन

तीन महिनामा ७ पटक मन्त्रीमण्डल पनर्गठन भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले आज (शुक्रबार) ३ महिनामै सातौं पटक मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। प्रधानमन्त्री दाहालले कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्। पहिलो चरणमा काँग्रेसबाट ४ जना मन्त्री बनेका छन्। आन्तरिक विवादका कारण काँग्रेसले…

उपचुनावमा तनहुँ र बारामा २६ राजनीतिक दल दर्ता

आउँदो वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्यको उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको छ। निर्वाचन आयोगले आज (शुक्रवार) उपचुनावका लागि दर्ता भएका राजनीतिक दलको विवरण सार्वजनिक गरेको हो। आयोगका अनुसार उपचुनावका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ का लागि २६ वटा राजनीतिक दल दर्ता भएका…

माओवादी केन्द्रले गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता लियो

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। आज (शुक्रबार) बसेको माओवादी केन्द्र गण्डकी संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो। गण्डकीमा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा छ। माओवादी केन्द्रबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर…