
पोखराका ६ युवाहरुलाई ‘पोखरा युथ एक्सेलेन्स अवार्ड’ प्रदान गरेको छ। यस वर्ष, सो अवार्डबाट सम्मानीत हुनेहरुमा पत्रकारिता क्षेत्रकी दुर्गा रानामगरलगायत पर्यटन तथा युवा उद्यमशीलतामा प्रतीकराज पहारी, समाज सेवामा सुदीश पुन, युवा उद्यमशीलता, नवप्रवर्द्धन तथा रोजगारी क्षेत्रमा नवज्योति सुवेदी, खेलकुद क्षेत्रमा नारायणी भण्डारी तथा अपाङ्गता सशक्तीकरण क्षेत्रमा सन्ध्या सुवेदी छन्। नगर युवा परिषद्को आयोजनामा बिहीबार सम्पन्न…
पोखरामा दोस्रो संस्करणको गण्डकी लोकतारा प्रतियोगिता-२०८३’ हुने भएको छ। गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जनाएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका प्रतिस्पर्धी सहभागी…
पोखरा जेसीजले विभिन्न कार्यक्रमसहितको जेसीज सप्ताहन्त–२०२६ आयोजना गर्ने भएको छ। पोखरा जेसीजले यही वैशाख १८ गतेदेखि २० गतेसम्म जेसीज सप्ताहन्त आयोजना गर्न लागेको बुधबार पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको हो। जेसीज सप्ताहन्तको पहिलो दिन वैशाख १८ गते बिहान १० बजेदेखि ५ बजेसम्म पोखराको पस्र्याङस्थित ताज महल इभेन्ट सेन्टरमा उद्घाटन समारोह हुने कार्यक्रम छ। सोही…
पोखराको हेम्जामा वैशाख १९ गतेदेखि हुने सप्ताहव्यापी ज्ञान-विज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ। मानवसेवा आश्रम कास्की शाखाद्वारा बुधबार पत्रकार सम्मेलनमार्फत हेम्जामा वैशाख १९ देखि २६ गतेसम्म हुने श्रीमद्भागवत सप्ताह ज्ञान-विज्ञान महायज्ञ-२०८३ को तयारी अन्तिम चरणमा पुगेको जनाएको हो। आश्रमका केन्द्र प्रमुख रामजी अधिकारीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जनाए। उनले महायज्ञबाट संकलित रकमलाई आश्रमको…
पोखराको हेमजामा श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञानविज्ञान महायज्ञ गरिदैंछ। पोखरा–२५ हेम्जा, बाबियातहरास्थित मानवसेवा आश्रमले आगामी १९ देखि २६ वैशाखसम्म श्रीमद्भागवत् सप्ताह पितृउद्धार ज्ञान-विज्ञान महायज्ञ आयोजना गर्ने भएको हो। सोमबार आश्रमले पत्रकार सम्मेलन गरी उक्त महायज्ञबारे जानकारी दिएको हो। महायज्ञबाट संकलित दान रकमबाट आश्रमले हेमजा शाखाको भवन निर्माण पूरा गर्ने, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण…
पोखरामा आयोजना हुने २१ औं संस्करणको ‘फेवा नव बर्ष महोत्सव’ को तयारी तिब्र पारिदैंछ। यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म हुने महोत्सवको तयारीलाई तिब्र पारिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जनाए। विहीबार आयोजित पत्रकार सम्मेलनमा सुवेदीले सो कुरा बताएका हुन्। संघले पोखराको लेकसाइडस्थित खहरेचोकदेखि सहिदचोकको बीच सडकमा यो महोत्सव आयोजना गर्दै…
पर्यटक आदान–प्रदान र कनेक्टिभिटीमा जोड दिंदै यसबर्षको ‘जाउँ है पोखरा×’ अभियान मकवानपुरको हेटौंडामा शुक्रबार समापन गरिएको छ। यही चैत ९ गतेबाट सुरु भएको पाँचदिने अभियान अन्तर्गत वीरगंज, विराटनगर र इृलाममा पनि पत्रकार सम्मेलन र अन्तरक्रियाहरु आयोजना गरिएको हो। होटल संघ पोखरा नेपालको अयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको समन्वय तथा सहकार्यमा यो अभियान…
पोखरा महानगरपालिकाका अति तथा मध्यम गरिब घर-परिवारलाई महानगरपालिकाले नि:शुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ। त्यसका लागि महानगरपालिका र स्वास्थ्य बीमा बोर्ड, गण्डकी प्रदेशबीच सम्झौता समेत भइसकेको छ। पोखरा महानगरपालिकाको अति तथा मध्यम गरिब घर-परिवारको स्वास्थ्य बीमा कार्यक्रम संचालनका लागि विपन्न नागरिकहरूलाई स्वास्थ्य बीमा कार्यान्वयन कार्यविधि-२०८२, स्वास्थ्य बीमा ऐन र नियमावलीबमोजिम यो कार्यक्रम संचालन गर्न लागेको…
‘जाउँ है पोखरा’ को अभियान पूर्वी नेपालको विराटनगर पुगेको छ। अभियानअन्तर्गत पूर्वी नेपालको भ्रमणमा रहेको होटल संघ पोखरा नेपालको टोलीले विराटनगरवासीलाई पोखरामा हुने ‘फेवा नवबर्ष महोत्सव’ को निम्तासमेत दिएको छ। नेपालको औद्योगिक नगरी विराटनगरका वासिन्दालाई पर्यटनको राजधानी पोखरा भ्रमणको निम्ता प्रदान दिएको हो। पर्यटन संस्कृती र खानालाई जोड दिएर यही चैत २९ देखि आगामी वैशाख…
नेपालको आर्थिक नगरी वीरगंजबाट यसबर्षको ‘जाउँ है पोखरा अभियान’ सुरु भएको छ। होटल संघ पोखरा नेपालको अयोाजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको समन्वय तथा सहकार्यमा यो कार्यक्रम सुरु भएको हो। आन्तरिक पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य बोकेर सुरु भएको अभियान चैत १३ गतेसम्म संचालन हुनेछ। आन्तरिक पर्यटन प्रबर्द्धन नै दिगो पर्यटनको मूल आधार…