
प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ अर्ब ८१ करोड ७१ लाख १४ हजार ३ सय ७९ रुपैयाँ संकलन भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको यो विवरण यही कार्तिक ४ गतेसम्मको हो। उक्त कोषमा विभिन्न संघसंस्था, निकाय र कम्पनीले सहयोग रकम जम्मा गरेका छन्। यस्तै, व्यक्तिगत रुपमा पनि कोषमा रकम जम्मा भएको छ।…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल (बुधबार) १ अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रुपैयाँ दाखिला भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम आज (बुधबार) सम्मको हो। कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ। असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित १० संगठित संस्थाले…
गैह्रआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्बाट प्रधानमन्त्री राहत उद्धार कोषका लागि ५१ लाख सहयोग गरेको छ। प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई संघका अध्यक्ष डा बद्री केसीसहितको प्रतिनिधिमण्डलले भेटेर उक्त रकम हस्तान्तरण गरेको हो। अध्यक्ष डा. केसीले हालैको बाढीपहिरो र डुबानको खबरले आफूहरु दुःखित हुँदै कोषमा सहयोगका अतिरिक्त प्रभावित क्षेत्रमा एक करोड रुपैयाँबराबरको राहत उपलब्ध…
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन आज (सोमबार) विभिन्न संस्थाबाट ४ करोड ७९ लाख १० हजार ३ सय ९० सहयोग प्राप्त भएको छ। नेशनल हाइड्रोपावर विद्युत् कम्पनी (भारत सरकार) बाट १ करोड, प्रभु बैंकबाट रु १ करोड, अरुण तेस्रो पावर कम्पनीबाट १ करोड, एभरेष्ट बैंक लि. बाट. ५० लाख, प्राइम बैंकबाट ३१ लाख रकम कोषमा…
प्रभु इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। चेक हस्तान्तरण गरेको छ। गत असोज ११ र १२ गते आएको बाढी तथा पहिरोबाट पीडितको राहत तथा पुर्नस्थापनाका लागि इन्स्योरेन्सले आज (सोमबार) सहयोग स्वरुप २५ लाख रुपियाँको चेक हस्तान्तरण गरेको हो। प्रधानमन्त्री दैवी उद्धार कोषमा इन्स्योरेन्सका तर्फबाट २५ लाख रुपियाँ आर्थिक…
प्रधानमन्त्री उद्धार कोषमा एकै दिन आज (आइतबार) मात्रै १० करोड बढी सहयोग रकम संकलन भएको छ। विभिन्न सहयोगी संघसंस्थाका प्रतिनिधिहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम बराबरका सहयोग प्रदान गरिएको हो। आइतबार नेपाल इन्स्योरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले ५० लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। त्यसैगरी, एनएमबी बैंकका…
प्रधानमन्त्री उद्धार कोषमा आइएमई ग्रुपले ५ करोड सहयोग गरेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैंक, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट ५ करोड रुपैयाँ रकमको चेक हस्तान्तरण गरेको हो। ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो चेक हस्तान्तरण गरेका हुन्। उक्त रकम…
नेपाल निर्माण व्यवसायी विकास परिषद् (एफसीएएन) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज (आइतबार) १ करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा परिषद्का अध्यक्ष एवं भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सो रकम हस्तान्तरण गरेका हुन्। गृहमन्त्री रमेश लेखक, भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा,…
नेकपा (एमाले) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितको टोलीले उक्त चेक हस्तान्तरण गरेका हुन्। प्रधानमन्त्री ओलीले साझा दायित्व सम्झिएर विपदको सामना गर्नुपर्ने र यसको अगुवाई सरकारले गर्ने बताए। उनले ३ वटै तहका सरकार…
नेपाली काँग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आइतबार ५० लाख हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अवस्थामा तत्काल र दीर्घकालीनरुपमा गर्नुपर्ने कामबारे सुझावसहित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि आज (आइतबार) ५० लाख हस्तान्तरण गरेको छ। त्यस्तै, काँग्रेसले पार्टीका सांसदहरुको आधा…