पीपीएलमा पोखरा पल्टनको लगातार तेस्रो हार

यससँगै पोखराको अघिल्लो चरण प्रवेश कठिन बनेको छ

जनसम्मत
पौष ६, २०७६, आइतबार

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा पोखरा पल्टनले लगातार तेस्रो हार व्यहारेको छ ।

यससँगै उसको अघिल्लो चरण प्रवेश कठिन बनेको छ ।

शुक्रबार भएको खेलमा बुटबल ब्लास्टरले पोखरालाई ८ विकेटले हराएको हो । पोखराले दिएको १२२ रनको लक्ष्य बुटबलले मात्र १४ ओभरमा २ विकेट गुमाएर भेट्टाउन सफल भएको थियो ।

बुटवलको सुरुवात नै राम्रो रह्यो । विस्फोटक ब्याटिङ गरेका अफ्ताबुद्दिन अहमद र शंकर रानाले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरे । राना १९ रनमा आउट भए । दोस्रो विकेटका रुपमा आउट भएका अहमदले ७५ रन बनाए । ४६ बलको सामना गरेका उनले १२ चौका र दुई छक्का हाने । भीम सार्कीले १६ रनको योगदान गरे । हर्ष टोंक ६ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेट गुमाएर १२१ रन बनाएको थियो । उसका लागि रविइन्दर सिंहले ४५ रन बनाए ।