कर्मचारी सञ्चय कोषले माग्यो रिक्त दरवन्दीमा आवेदन

जनसम्मत
असार २९, २०७९, बुधबार

कर्मचारी सञ्चय कोषले रिक्त दरवन्दीमा आवेदन मागेको छ।

कोषमा रिक्त रहेका पदहरुमा लोक सेवा आयोगको सहमतिअनुसार खुला प्रतियोगिताद्धारा स्थायी पूर्ति गर्नुपर्ने भएकोले योग्य नेपाली नागरिकहरुबाट मिति २०७९।०३।२८ गते देखि अनलाइन दरखास्त आव्हान गरेको हो।

कर्मचारी सञ्चय कोषको लागि सव ईन्जिनियर लगायत अन्य पदहरुमा कर्मचारीहरुको आवेदन मागेको हो। योग्य उम्मेदवारहरुले सूचनामा तोकिएबमोजिम प्रक्रिया पूरा गरी अनलाइन दरखास्त फारम भर्न सक्नेछन्। म्यादभित्र दाखिला नभएको र रीत नपुगी भरिएको दरखास्त उपर भने कुनै कारबाही नहुने कोषको कार्यालयले जनाएको छ।

हेर्नुहोस, कोषको आवश्यकतासम्बन्धी सूचना