आज आम निर्वाचन, सबैले मत हालौं

जनसम्मत
मंसिर ४, २०७९, आइतबार

आज (मंसिर ४ गते, आइतबार) प्रतिनिधि सभा तथा प्रदेश सभा २०७९ को मतदान गर्ने दिन।

आजका दिन नेपाली नागरिकहरुले आफ्ना जनप्रनिधि चुन्ने दिन। आफ्नो क्षेत्रमा दिगो प्रभावकारी विकास गर्न सही नेता छनोट गर्ने दिन्। आफ्नो कानुन बनाउने जनप्रनिधि चुन्ने दिन्। हामीले दिएको प्रत्येक मतको महत्व विशेष छ। भोलिका लागि हाम्रै राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मुख्यमन्त्री सबै चुन्ने दिन पनि आजै हो।

त्यसैले, नेपाल सरकारले आजका दिन नप्रतिनिधिसभा तथा प्रदेशसभाका लागि निर्वाचनको आयोजना गर्दैछ। आजका दिन करीब १ करोड ८९ लाख नेपाली नागरिकले मतदान गर्दैछन्।

निर्वाचन आयोगले निर्वाचन कार्यक्रमका लागि १० हजार ८९२ मतदान स्थलको व्यवस्था गरेको छ। त्यस्तै, २२ हजार २२७ मतदान केन्द्रमा मताधिकारीहरू कुल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन्। प्रतिनिधि सभा सदस्यमा २ हजार ४१२ जना उम्मेदवार रहेको छ भने समानुपातिकतर्फ २ हजार १९९ उम्मेदवारलाई अन्तिम बन्द सुचीभित्र कायम छन्।

यस्तै, प्रदेश सभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचनका लागि ३ हजार २२४ उम्मेदवार रहेको र समानुपातिकतर्फ ३ हजार ७०८ जना अन्तिम बन्दसूचीमा कायम गरिएको आयोगले जनाएको छ।

आसन्न निर्वाचनको पहिलो हुने निर्वाचित प्रणालीको प्रतिनिधि सभा तथा प्रदेश सभा को ५ हजार ६३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको र समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९०७ अन्तिम बन्द सुचीमा कायम छन्।

प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचित हुने निर्वाचनका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र र समानुपातिक तर्फ ३ करोड ९८ लाख १६ हजार ५०० मतपत्र छपाई गरी ढुवानी गरिसकेको छ।

पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयतालाई अभिवृद्धि गर्न ४४ वटा संस्थाका ७ हजार २०७ जना र २ वटा अन्तराष्ट्रिय संस्थाबाट १२ जना गरी ७ हजार २१९ जनाले पर्यवेक्षण गर्ने अनुमति लिएको र भारत, भुटान, माल्दिभ्स, श्रीलंका र दक्षीण कोरियाका प्रमुख आयुक्तका टोलीले पर्यवेक्षण गर्ने भएको छ। साथै, निर्वाचन आयोगले १८ वटा कुटनैतिक नियोगका नेपालका समुहले समेत मतदानको दिन अवलोकन गर्ने व्यवस्था मिलाएको छ।

मतपत्र, निर्वाचन सामग्री र २ लाख ४६ हजार जना कर्मचारी, आवश्यकताअनुसारको सुरक्षाकर्मी मतदान स्थलमा पुगिसकेको छ। साथै निर्वाचन अधिकृतद्वारा बैठक बस्ने, मतदान क्षेत्र तोक्ने, सूचनाहरू प्रकाशित गर्ने, मादकपदार्थ वा हातहतियार बोक्न नदिने लगायतका विषयहरूमा आवश्यक छलफल गर्नेछन्। सामाजिक सञ्जालबाट कुनै किसिमको गलत मित्थ्या सूचना प्रवाहबाट निर्वाचन आयोग प्रभावित हुनबाट आयोग सचेत छ। निर्वाचन सुरक्षा जोखिमका आधारमा आवश्यक्ता अनुसारका सुरक्षा गस्ती र सम्पन्न घुम्ती टोली परिचालन भएका छन्।