टाइगर कप भलिबल: महिलातर्फ सशस्त्र र आर्मी फाइनलमा

पुरुषतर्फको सेमिफाइनल समिकरण पूरा, एपीएफ र पुलिस तथा गण्डकी र आर्मी सेमिफाइनल खेल्ने

जनसम्मत
माघ १२, २०७९, बिहीवार

तेस्रो संस्करणको टाइगर कप भलिबल च्याम्पियनसीप अन्तर्गत महिलातर्फ उपाधिका लागि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र त्रिभुवन आर्मी फाइनल भिड्ने भएका छन्।

टाइगर ग्रुपको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा आज (बिहीबार) भएको प्रतिस्पर्धामा सशस्त्रले गण्डकी प्रदेश टोलीलाई सोझो ३ सेटमा हराउँदै फाइनल प्रवेश गरेको हो।

सशस्त्रले गण्डकी प्रदेशकोलाई २५–१३, २५–१७ र २५–२१ को सोझो सेटमा हरायो। यसैगरी, दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्डकोलाई त्रिभुवन आर्मीले २३–२५, २५–१३, २५–२२ र २५–१२ सोझो सेटमा पन्छाउँदै उत्कृष्ट पुनरागमनसहित फाइनल यात्रा तय गरेको हो। उपाधिका लागि दुबै विभागीय एपीएफ र त्रिभुवन क्लबबीच शनिबार प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी, पुरुषतर्फको खेलमा घरेलु गण्डकी प्रदेशले विदेशी टोली श्रीलंकाको सेन्ट जोशेफ वाज स्पोर्टसलाई ३–० को सोझो सेटमा हरायो। घरेलु गण्डकीले २६–२४, २५–१४ र २५–२३ मा हरायो। त्यसैगरी अर्को खेलमा आर्मीले नेपाल पुलिस क्लबलाई २५–१७, २५–१९ र २५–२३ को सोझो सेटमा हरायो।

यस खेलसँगै पुरुषतर्फमको सेमिफाइनल समिकरण पूरा भएको छ। अब, सेमिफाइनलमा विभागीय एपीएफ र पुलिस तथा घरेलु गण्डकी र त्रिभुवन आर्मी क्लब भिड्नेछन्।

महिला–पुरुष दुवैतर्फ उपाधी विजेता टिमलाई ५/५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन्।

त्यस्तै, महिला तथा पुरुषतर्फ उत्कृष्ट १/१ खेलाडीले जनही समान नगद २५/२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडी र प्रशिक्षकले नगद समान नगद १०/१० हजार र ट्रफी पुरस्कार प्राप्त गर्नेछन्।