‘आम पाठकहरुको सहयोग र साथ नै हाम्रो लक्ष हो’

सत्य, तथ्य, निष्पक्ष, स्वतन्त्र, मर्यादित र वस्तुसनिष्ठ समाचार तथा विचारका लागि जनसम्मत डिजिटल पत्रिका दृढ संकल्प गर्दछ । पोखरालाई मूलकार्य क्षेत्र बनाएर प्रकाशन शुरु भएको जनसम्मतले पत्रकारिताको माध्यमबाट समग्र पोखरा, गण्डकी प्रदेश र मुलुकको समृद्धिका लागि ईटा थप्ने कार्यमा आफूलाई समर्पण गर्दछ । पत्रकारिताको मूल्य र मान्यतामा रहेर स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा घट्ने विविध घटनाहरुलाई पाठकसामु पस्कने हाम्रो हरदम प्रयास रहनेछ । आम पाठकहरु नै विषयगत समाचार र विचारहरुको सूचनाको मुल स्रोतहरु हुन् भन्ने हाम्रो ठहर छ ।