
गण्डकी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयक बहुमतले पारित भएको छ। प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले प्रस्तुत गरेको उक्त विधेयक बहुमतले पारित गरेको हो। बजेटको मन्त्रालयगत विनियोजन शीर्षकमा छलफलपछि विधेयक पारित गरिएको हो। यही असार १ गते मन्त्री शेरचनले रु ३२ अर्ब ९९ करोड ९९ लाखको बजेट प्रस्तुत गरेका…
गण्डकी प्रदेश र बागमती प्रदेशका प्रदेश प्रमुखले पोखरामा भेटघाट गरेका छन्। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट र बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबीच बिहीबार पोखरास्थित प्रदेश प्रमुख निवासमा भेटघाट भएको हो। अन्तरप्रदेश भ्रमणका क्रममा यहाँ आइपुगेका बागमती प्रदेश प्रमुख देवकोटा र उनकी धर्मपत्नीलाई भट्टले निवासमा स्वागत गरे। भेटमा मुलुकको राजधानी अवस्थित प्रदेश र पर्यटकीय राजधानी पोखरा…
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला मन्त्री जीतबहादुर शेरचनले आज (सोमबार) आउदो बर्षको लागि प्रदेश सभामा उक्त बवेट बजेट प्रस्तुत गरेका हुन्। प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट विनियोजन गरेको…
गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नीति तथा कार्यक्रम पारित गरियोस् भनी प्रस्ताव पेश गरेका थिए। सभामुख कृष्णप्रसाद धितालले निर्णयार्थ प्रस्तुत गरेको उक्त प्रस्ताव प्रदेशसभाले सर्वसम्मत् पारित गरेको हो। प्रदेश प्रमुख डिल्लीराज भट्टले गत मंगलबार प्रदेशसभा बैठकमा…
गण्डकी प्रदेश सरकारको २०८३/०८४ को मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। नीति तथा कार्यक्रममा प्रदेश सरकारले पुराना कार्यक्रमलाई निरन्तरता दिँदै थप नयाँ कार्यक्रम घोषणा गरेको हो। गण्डकी प्रदेशसभामा प्रदेश प्रमुख डिल्लीराज भट्टले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। गण्डकी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्दै पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न कार्यक्रम घोषणा गरेको छ। प्रस्तुत…
सामाजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकीले विभिन्न क्षेत्रमा योगदान पुर्याएका १४ जना युवालाई सम्मान गरेको छ। गण्डकी प्रदेशस्तरीय युवाप्रतिभा सम्मानबाट बिहिबार १४ जना युवाहरुलाई सम्मान अर्पण गरेको हो। गण्डकी प्रदेशमा रहेर कृषि, कला, उद्यम, संचार, अध्ययन अनुसन्धानलगायतका क्षेत्रमा योगदान पुर्याएका ४० वर्ष मुनिका युवाहरुलाई नगदसहित सम्मान गरेको हो। यसरी, पुरस्कृत हुनेहरुमा संचार क्षेत्रबाट अन्नपूर्णकर्मी…
गण्डकी प्रदेश सरकारमा हेरफेर गरिएको छ। मुख्यमन्त्रीमा भने सुरेन्द्रराज पाण्डे नै यथावत छन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सिफारिसमा मंगलबार फेरिएका मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयनताको शपथ गराएका छन्। ९ सदस्यीय गण्डकीको मन्त्रीमण्डलमा नेपाली काँग्रेस र नेकपा (एमाले) बाट ४/४ जना मन्त्री बनेका छन। नयाँ मन्त्रीमण्डमा काँग्रेसबाट जितबहादुर शेरचन आर्थिक मामिला र नन्दप्रसाद न्यौपाने…
प्रदेश लोक सेवा आयोग गण्डकीले आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ। समारोहका प्रमुख अतिथि एवं गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले वार्षिकोत्सव समारोहको उद्घाटन गरे। उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख भट्टले सहज, सरल र प्रभावकारी तवरले सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्नुपर्ने बताए। कर्मचारीतन्त्रले जबसम्म नागरिकका निम्ति सहज पहुँच दिन सक्दैन, तबसम्म नागरिकहरु खुशी हुन सक्दैनन्।…
गण्डकी प्रदेश सरकारले आगामी नयाँ बर्ष २०८३ सालका लागि सार्वजनिक बिदाको अबधि बढाउने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै असार २९ गते भानु जयन्ती, कार्तिक ८ गते कोजाग्रत पूर्णिमा र माघ १२ गते गण्डकी प्रदेश स्थापना दिवस दिन गरी ३ दिन प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय सार्बजनिक गरेको हो।…
गण्डकी प्रदेशका सांसद रेशमबहादुर जुग्जालीले प्रदेशसभाको रोष्ट्रमबाटै बजेट पुस्तिका च्यातेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयको वार्षिक विकास कार्यक्रम माथि छलफलका क्रममा नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेश सांसद जुग्जालीले सोमबार बजेट पुस्तिका च्यातेका हुन्। पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका जुग्जालीले बजेट पूर्वाग्राही भएको भन्दै पुस्तिका च्यातेका हुन्। अहिलेको बजेटबाट सबैभन्दा बढी देवीदेवता नै खुसी भएको…