वडा–पालिका »

तनहुँको बन्दीपुरमा यही वैशाख १८ र १९ गते ‘गाउँ पर्यटन मेला’ हुँदैं

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँ बन्दीपुरमा ‘गाउँ पर्यटन मेला-२०८३’ हुने भएको छ। गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारी सृजना गर्ने उद्देश्यले तनहँको पर्यटकीय गाउँ बन्दीपुरमा पहिलो पटक प्रदेशस्तरीय ‘गाउँ पर्यटन मेला-२०८३’ आयोजना गर्न लागेको हो। नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय र बन्दीपुर गाउँपालिकाको संयुक्त आयोजना एवं गाउँ पर्यटन पवर्द्धन मञ्च नेपाल (भिटोफ) गण्डकीको सह-आयोजनामा…

स्याङ्जाको गल्याङमा १८१ विद्यार्थीलाई १२ लाख छात्रवृत्ति

स्याङ्जाको गल्याङ नगरपालिकाले विपन्न परिवारका १८१ जना छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरेको छ। आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले १२ लाख १७ हजार ८ सय रुपैयाँ छात्रवृत्तिस्वरुप उपलब्ध गराएको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिएका छन्। नगरपालिकाका गल्याङ बहुमुखी क्याम्पस र मालुंगा बहुमुखी क्याम्पसमा अध्ययनरत् जेहेनदार, विपन्न तथा गरिब छात्रछात्रालाई…

बागलुङको काठेखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम

बागलुङको काठेखोला गाउँपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले बुधबार चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिकमा गरेका सेवा प्रवाह, विकास निर्माण र सम्पादित कामका बारेमा वडा नम्बर २ भीमापोखरामा सार्वजनिक सुनुवाई गरेको हो। सार्वजनिक सुनुवाईमा बोल्दै गाउँपालिकाका अध्यक्ष राजु थापाले जनताको माग र आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम…

तनहुँको भानु नगरपालिकामा प्रत्येक शनिबार हाटबजार संचालनमा ल्याउने तयारी

तनहुँको भानु नगरपालिकाले यही वैशाख १३ गतेदेखि प्रत्येक साताको शनिबार हाटबजार संचालनमा ल्याउने तयारी थाल्दैछ। ‘कृषि उत्पादन बढाऔँ, आत्मनिर्भर बनौँ, अर्गानिक उत्पादनमा जोड दिऔँ’ भन्ने नाराका साथ कृषक तथा उपभोक्तालाई लक्षित गर्दै हाटबजार संचालन गर्न तयारी थालिएको हो। हाटबजार बिहान ६ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ। भानु–२ नारेश्वरटारमा रहेको बिक्री केन्द्रमा आ–आफ्नो उत्पादन बिक्रीका लागि…

बागलुङको बरेङ गाउँपालिकाको सुदला–मान्द्रेढुंगा सडकमा कालोपत्रे सुरु

बागलुङको बरेङ गाउँपालिका सुदला–मान्द्रेढुंगा सडक खण्डको सोमबारदेखि कालोपत्रको कामसुरु भएको छ। सिजन बिल्डर्स एण्ड सप्लायर्स कम्पनी काठमाण्डौ महानगरपालिका–१० काठमाण्डौका प्रतिनिधि लोकबहादुर क्षत्रीले मिति २०८१/०८/१८ गतेमा सम्झौता गरी मिति २०८२/०१/१५ गते सम्पन्न गर्नुपर्ने सडक खण्ड बरेङ गाउँपालिकास्तरीय ठेक्का योजना कुल ८१ लाख ८५ हजार १ सय ९८ रुपैंया २० पैसा लागतको रहेको छ। सडकको कालोपत्रको काम…

तनहुँको आँबुखैरेनी गाउँपालिकाभित्रका विद्यार्थीको नि:शुल्क उपचार

तनहुँको आँबुखैरेनी गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीको उपचार आँबुखैरेनी अस्पतालमा नि:शुल्क गर्ने निर्णय गरेको छ। गाउँपालिकाको शिक्षा समितिले पालिकाभित्रका कुनै विद्यार्थी बिरामी भए आँबुखैरेनी अस्पतालभित्र हुने सम्पूर्ण उपचार नि:शुल्क गर्ने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले निजी तथा सामुदायिक विद्यालयका विद्यार्थीको अस्पतालमा उपचार नि:शुल्क हुने जानकारी दिएका छन्। अध्यक्ष चुमानले उल्लेख गरे, ‘विद्यार्थीको हितका लागि…

तनहुँको भानु नगरपालिकाले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिदैँ

तनहुँको भानु नगरपालिका कार्यालयले प्राविधिक शिक्षा पढ्न चाहने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ। हरेक वडाबाट २ जनाका दरले २६ जनालाई छात्रवृत्ति प्रदान गरिएको हो। हरेक विद्यार्थीलाई १ लाख ५० हजारका दरले ३९ लाख रुपैयाँ रकम वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले बताए। उनले भने, ‘प्राविधिक जनशक्ति उत्पादन गरी यसै नगरपालिकामा प्राथमिकताका…

नवलपुरको गैंडाकोट नगरपालिका ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८१’ बाट पुरस्कृत

नवलपुरको गैंडाकोट नगरपालिका ‘उत्कृष्ट नगरपालिका’को रुपमा पुरस्कृत भएको छ। नेपाल नगरपालिका संघको ३२ औँ स्थापना दिवसको अवसरमा संघले गैंडाकोट नगरपालिका ‘उत्कृष्ट नगरपालिका’को पुरस्कार–२०८१’ प्रदान गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले संघद्वारा काठमाडौंमा आयोजना गरेको समारोहबीच गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई सम्मानसहित पुरस्कार प्रदान गरेका हुन्। आर्थिक वर्ष ०८०/०८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्य…

लमजुङको मर्स्याङदी गाउँपालिकाका किसानहरुलाई अकबरे खुर्सानी खेती तालिम 

लमजुङको मर्स्याङ्दी गाउँपालिकाका किसानहरुलाई व्यावसायिक अकबरे खुर्सानी खेती प्रविधिसम्बन्धी तालिम दिएको छ। गाउँपालिका कृषि विकास शाखाले व्यवसायिक अकबरे खुर्सानी खेतीका लागि छनोट भएका ९ वटै वडाका किसानलाई एक दिनको तालिम प्रदान गरेको हो। शुक्रवार संचालित तालिममा वडा नं. ५, ६, ७ र ८ का ४२ जना किसानहरु सहभागि थिए। त्यस्तै, वडा नं. १, २, ३,…

पर्वतको बिहादी गाउँपालिकाद्वारा आगलागीबाट सावधानी अपनाउन अनुरोध

पर्वतको बिहादी गाउँपालिकाले सुक्खा मौसमको सुरुवातसँगै आगलागी तथा वन डढेलो जस्ता घटनाहरु घटी ठूलो क्षति हुने स्मरण गराएको छ। यसतर्फ, विशेष सावधानी अपनाउन गाउँपालिकाले अनुरोधसमेत गरेको छ। गाउँपालिकाले एक सूचना जारी गरी आगलागी तथा वन डढेलो घटनाहरु मानवीय त्रुटि तथा असावधानीका कारण हुने गरेको र त्यस्ता घटना हुन नदिन यदि भइहालेमा पनि कम क्षतिमा नियन्त्रण…