साहित्य–कला »

कृष्ण क्षत्री ‘उदय’ को २ कृतिको लोकार्पण

लेखक तथा सर्जक कृष्ण क्षत्री ‘उदय’ को २ कृतिहरु ‘जीवन सुदर्शन’ र ‘जिन्दगीका अदृश्य किरण’ को लोकार्पण गरिएको छ। लेखक तथा सर्जक क्षत्रीका बुबा सुवेदार देवीलाल क्षत्री र आमा शुभकुमारी क्षत्रीको ८४ औं जन्मोत्सवका अवसरमा सो कृतिहरुको लोकार्पण गरिएको हो। बाँगे-पोखरा सामुदायिक मिलन चौतारीले पोखरामा विहीबार एक कार्यक्रम आयोजना गरी कृतिहरुको लोकार्पण गरेको हो। कार्यक्रमका…

पोखरामा दोस्रो संस्करणको गण्डकी लोकतारा प्रतियोगिता हुँदैं

पोखरामा दोस्रो संस्करणको गण्डकी लोकतारा प्रतियोगिता-२०८३’ हुने भएको छ। गण्डकी प्रदेशका लोकदोहोरी प्रतिभालाई एउटै मञ्चमा उतार्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गर्न लागिएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले शनिबार पोखरामा बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जनाएको हो। पोखरा उद्योग वाणिज्य संघको सभाहलमा हुने प्रतियोगितामा गण्डकी प्रदेशका ११ जिल्लाबाट छनोट भएका प्रतिस्पर्धी सहभागी…

पोखराको नदीपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन

पोखरा-३, नदिपुरमा पहिलो पटक तायमचा नाच प्रदर्शन गरिएको छ। गाईजात्रा पर्वको अवसरमा नदीपुर तायमचा समितिले पहिलो पटक सो नाच प्रदर्शन गरेको हो। हालै गठित सो समितिले यसै वर्षदेखि नाच देखाउन थालेको हो। वडा कार्यालयबाट सुरु नाच नदीपुर क्षेत्र, नारायणस्थान मन्दिर, पालिखेचोक, तेर्सापट्टी, कोपिलढुंगा, भिसी मार्ग, भैरब मन्दिर, बाल मन्दिर, मीन मार्ट हुँदै सोही स्थानमा आएर…

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदै

पोखरामा पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ गरिदैँछ। राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठान नेपालले पर्सि चैतको २२ गते (शुक्रबार) साँगीतिक साँझको आयोजना गर्न लागेको हो। आयोजक राष्ट्रिय लोक तथा दोहरीगीत प्रतिष्ठानले पत्रकार सम्मेलन गरी सांगीतिक साँझको विविध पक्षबारे जानकारी गराएको हो। पोखरा सभागृहमा शुक्रबार दिउँसो ३ बजेदेखि ८ बजेसम्म वरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपाने एकल साँझका…

पोखरामा अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

पोखरा आर्ट ग्यालरीमा सोमबारदेखि अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सिर्जनशील कलाकार समूह पोखराको सहकार्यमा कला प्रदर्शनी सुरु गरिएको हो। पोखरा महानगरप्रमुख धनराज आचार्यले कला प्रदर्शनीको उद्घाटन गरेका हुन्। अमेरिकासहित विभिन्न देशका एक दर्जन कलाकार र नेपाली कलाकारहरुले तयार पारेका २ दर्जन बढी कला प्रदर्शनीमा राखिएका छन्। मंगलबार प्रदर्शनीमा पानी…

‘गण्डकीका धुुनहरु’ मा गुञ्जियो, ४० वाद्यवाधकहरुको धुनहरु

पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानको भानु हलमा शनिबार ‘गण्डकीका धुनहरु’ गुञ्जिए। ‘गण्डकीका धुुनहरु’ शीर्षक दिइएको उक्त अर्केष्ट्रा कार्यक्रममा ४० वाद्यवाधकहरुले प्रस्तुत गरेको भिन्दाभिन्दै धुनहरुले गण्डकी प्रज्ञा प्रतिष्ठानलाई नै गुञ्जायमान गरायो। काठमाडौं र गण्डकीका ४० भन्दा बढी ती वाद्यवादकहरूले नेपाली मौलिक बाजाहरूको माध्यमबाट सांगीतिक धुनहरू प्रस्तुत गरे। कार्यक्रममा पञ्चेबाजा, सारंगी, बाँसुरी, धिमे, सनई, टुङ्ना, मादल, खींलगायतका मौलिक…

कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार कति ?

‘कला र फोटोग्राफीमा प्रतिलिपि अधिकार’ विषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार राजधानीमा सम्पन्न भएको छ। राष्ट्रिय फोटो पत्रकार समूह नेपाल र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको थियो। कार्यक्रममा प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले प्रतिलिपि अधिकार कलाकार र पत्रकारमाझको बौद्धिकताभित्र देखिएको साझा समस्या भएको औंल्याए। लामाले भने, ‘यस विषयमा सरोकारवालाहरूले चासो राखी अध्ययन गरेर विद्यमान समस्यालाई…

‘गण्डकीका धुनहरू’ मा ४० कलाकारहरुको प्रस्तुति गुञ्जदैँ

पोखरामा यही पुसको आउँदो २७ गते (शनिबार) ‘गण्डकीका धुनहरु’ गुञ्जदै छन्। गण्डकी प्रज्ञा प्रतिष्ठान पोखराले आयोजना गर्ने उक्त उक्त ‘गण्डकीका धुनहरु’ मा करिब ४० जना कलाकारहरुको प्रस्तुति रहने आज (बिहीबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। काठमाडौँ र गण्डकीका बरिष्ठ वाद्यवादकहरू सम्मिलित यस कार्यक्रममार्फत नेपाली मौलिक बाजाहरूबाट निस्कने धुनको शक्ति प्रत्यक्ष अनुभूत गर्न त्यसबाट मनोरञ्जन…

पोखरेली स्रष्टा ‘समीप’लाई प्रेम–शान्ति आख्यान पुरस्कार प्रदान

पोखरेली स्रष्टा दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मान गरिएको छ। नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान गरेको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले स्रष्टा ‘समीप’लाई पुरस्कार प्रदान गरेको हो। पोखरामा शनिबार आयोजित एक कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले ‘समीप’लाई नगद १० हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरेका हुन्। साहित्यकार…

पोखरेली स्रष्टा दीपक समीपलाई प्रेम–शान्ति आख्यान पुरस्कार

पोखरेली साहित्यकार दीपक समीपलाई ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ पुरस्कार प्रदान गरिने भएको छ। नेपाली साहित्यको उन्नयनमा विशेष योगदान गरेको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले स्रष्टा समीपलाई सो पुरस्कार अर्पण गर्न लागेको हो। साहित्यकार कल्याण पन्तको संयोजकत्वमा साहित्यकार लक्ष्मण थापा र संस्थाका अध्यक्ष कृष्ण गिरी सदस्य रहेको छनोट समितिले समीपलाई पुरस्कारका लागि चयन गरेको हो। लमजुङ–पोखरा सम्पर्क…