
पोखराको पुरानो टुँडिखेलमा हुने ‘ऐतिहासिक तीज महोत्सव’ को तयारी तीब्र पारिएको छ। यही भदौको ६ देखि १५ गतेसम्म हुने महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन आयोजक इन्द्रेणी एकीकृत विकास केन्द्र पोखरा तीब्र तयारीमा जुटेको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताइएको छ। तीज महिलाहरुको पर्व भएपनि पोखराको पुरानो टुँडीखेलको पुरानै पहिचानलाई कायम राख्न र पुरानै…
चैतको १५ गते काठमाण्डौको तीनकुनेमा भएको हिंसात्मक घटनाका आरोपीहरूको बयान सुरू भएको छ। आइतबार दर्ता भएको मुद्दामा सोमबारदेखि काठमाण्डौ जिल्ला अदालतमा प्रतिवादीहरूको बयान सुरू भएको हो। चैत १५ गतेको आन्दोलनका कमान्डर दुर्गा प्रसाईंसहित ५० जनालाई व्यक्ति विशेष मुद्दा र ११ जनालाई आपराधिक उपद्रवअन्तर्गत मुद्दा दायर गरेको सरकारी वकील कार्यालय काठमाण्डौले जनाएको छ। यस्तै, आरोपी ४…
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। उनका व्यावसायिक साझेदार छविलाल बन्जाडेलाई पनि थुनामै राख्नेगरी मातहत अदालतको आदेश सर्वोच्च अनालतले सदर गरेको छ। न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले ३ दिनको सुनुवाइपछि आदेश सुनाएको हो। मंगलबार र बिहीबार पनि बहस भएको थियो। तर, बहस नसकिएपछि हेर्दाहेर्दैमा…
सर्वोच्च अदालतले रवि लामिछानेको थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ। पूर्व गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको निवेदनमा आज (आइतबार) न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कैफियत प्रतिवेदन झिकाउन आदेश जारी गरेको हो। सुप्रिम सहकारी बचत अपचलन मुद्दामा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ गते लामिछानेलाई पुर्पक्षका लागि…
काठमाण्डौं, तीनकुनेको हिंसात्मक घटनापछि फरार रहेका राजावादी अभियन्ता दुर्गा प्रसाइँलाई प्रहरीले झापाको भद्रपुर नाकाबाट पक्राउ गरेको छ। नेपाल प्रहरीले प्रसाइँलाई नेपाल–भारतको सीमा नाकाबाट पक्राउ गरेको जनाएपनि यसअघि, भारतीय प्रहरीले प्रसाइँलाई आसामबाट पक्राउ गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रसाइँलाई भारतको आसाम राज्यस्थित धनसिरीपुर ठाडालाइन क्षेत्रबाट बिहीबार पक्राउ गरिएको हो। प्रसाइँलाई भारतको आसामस्थित एक नेपाली भाषीको…
राजा फर्काउने अभियानमा लागेका अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाइँलाई प्रहरीले पक्राउ गरेको छ। प्रसाइँलाई प्रहरीले शुक्रबार काठमाडौं पुर्यााएको छ। उनीहरूलाई झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजबाट काठमाडौं पुर्याइएको हो। प्रसाइँसहित उनका निजी अंगरक्षक दीपक खड्कासमेत प्रहरी नियन्त्रणमा छन्। उनीहरुलाई सरकारी वकिलको कार्यालय हुँदै काठमाण्डौं जिल्ला अदालतमा लगिएको थियो। उनीहरू दुवैलाई राज्यविरूद्ध तथा संगठित अपराधसम्बन्धी…
उच्च अदालत तुलसीपुरको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछाने पक्राउ परेका छन्। अदालतको आदेश भएको केही घण्टाभित्रै लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो। उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुढानीलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरेको हो। शुक्रवार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। न्यायाधीशद्वय…
उच्च अदालत तुलसीपुरले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा रास्वपाका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधिश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्लाको आदेश बदर गर्दै थुनामा पठाउने आदेश गरेको हो। उच्च अदालतले यसै प्रकरणका अर्का अभियुक्त पूर्वडीआईजी छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको…
रास्वपा सभापति रवि लामिछाने चितवनबाट पनि ५४ लाख धरौटीमा छुटेका छन्। चितवन जिल्ला अदालतले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। साहारा सहकारीको रकम ठगी मुद्दामा लामिछानेलाई न्यायाधीश दयाराम ढकालको इजलासले ५४ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। यसअघि, लामिछाने पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख धरौटीमा छुटेका थिए। यसैगरी, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख…
सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट रबि लामिछाने १ करोड धरौटीमा छुटेका छन्। रुपन्देही अनालतमा आज (आइतबार) थुनछेक बहस सकिएपछि रबि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी मागेको थियो। न्यायाधीश प्रह्लादकुमार योगीको इजलासले १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो। १ करोड रुपैयाँको बैंक ग्यारेन्टछीपछि लामिछाने रिहा भएका छन्। बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछानेलगायत…